फेसबुक सहितका सामाजिक सञ्जालमा पनि अब कर लाग्ने

  • प्रकाशित मितिः श्रावण, 23, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / सरकारले अब फेसबुक, भाइबर, ट्विटर तथा ह्वाट्स एपजस्ता सामाजिक सञ्जालमा कर लगाउने तयारी सरकारले थालेको छ ।

यस्ता सोसल प्लेटफर्ममा कर लगाउनका लागि गृहकार्य शुरु गरेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । अर्थले आन्तरिक राजस्व विभागलाई यस्ता प्लेटफर्ममा कर लगाउनका लागि आवश्यक तयारी गर्न निर्देशन दिइसकेको राजस्व सचिव शिशिरकुमार ढुंगानाले जानकारी दिए ।

‘मन्त्रालयले सोसल मिडियालाई पनि करको दायराभित्र ल्याउन आवश्यक देखिएकाले करको दायराभित्र पार्न निर्देशन दिएको हो । सरकारले करका नयाँ क्षेत्रहरू पहिचान गरी करको दायरा बढाउन लिएको नीतिसँगै सोसल मिडियामा पनि कर लगाउने तयारी थालेको हो । पछिल्लो समय सामाजिक सञ्जालको उपयोग बढ्दै गएको छ ।

दिनहुँ सामाजिक सञ्जालबाट धेरै रकम बाहिरिए पनि नेपालले यसबाट कुनै फाइदा लिन नसकेको नयाँ नीतिगत व्यवस्था गर्न लागेको हो । अब यस्ता सञ्जाल कम्पनीहरू नेपालमै उद्योगका रुपमा दर्ता हुनुपर्ने छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार मोबाइल सेवा प्रयोग गर्नेको संख्यामा वृद्धि हुँदै ३ करोड २८ लाख २६ हजार ३ सय ८९ पुगेको छ । गत आर्थिक वर्षमा यो संख्या करिब ३ करोडको हाराहारीमा रहेको थियो । प्रायः मोबाइल प्रयोगकर्तामध्ये ६० देखि ८० प्रतिशतसम्मले कुनै न कुनै सोसल मिडिया प्रयोग गर्ने गरेको जानकारहरू बताउँछन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved