लिङ्गका कारण सुनसरीमा सम्बन्ध बिच्छेद

  • प्रकाशित मितिः असार, 22, 2075
  • पहिलोकिताव संवादताता

इनरुवा / इनरुवा घर भएका दुई जोडी श्रीमान श्रीमती बीच विवाह भएको एक वर्षमै सम्बन्ध बिच्छेद हुने अवस्थामाआइ  पुग्यो । उनीहरुको जीवन विवाह भएको ६ महिनासम्म भने सुमधुर रुपमा मेलमिलापका साथ चलिरहेको थियो ।६ महिनापछि भने ति दुवै जोडीहरु बीच  मनमुटाव सुरु भयो ।उनीहरुको झगडाले सार्वजनिक रुप लियो ।अन्ततः सो विवाद इनरुवा नगरपालिकामा निर्वाचित भएका जनप्रतिनिधिहरुले समस्याको न्याय निरुपण गरेपछि सम्बन्ध बिच्छेदमा गएर विवाद सुल्झिएको छ ।

इनरुवा २ का वडा सदस्य तथा इनरुवा नगरपालिकाका न्यायीक समितिका सदस्य रञ्जेश भट्टराईका अनुसार विवाहित महिला पुरुषले मेयर वडाअध्यक्ष लगायतका जनप्रतिनिधिहरुका बीचमा उनीहरुको समस्यालाई राखे तर सुन्न बसेका जनप्रतिनिधिहरु आश्चर्य चकित हुने पुुगे ।विवाह भएको लामो समयसम्म आफु श्रीमानबाट यौन सन्तुष्टीको आशा राखेर घरजम गरेर बसे पनि श्रीमानले आफुलाई यौन सुखको अनुभुति समेत दिलाउन नसकेकाले जवानीलाई सधै रातभर कुण्ठाका रुपमा मनमा दवाएर बस्न नसके पछि समाजलाई सुनाउन बाध्य भएको बताएकी थिईन ।

भट्टराईका अनुसार श्रीमानले श्रीमतीलाई कुनै दुःख नदिएको खान लाउन र माया ममतामा कुनै कमी नगरे बताउँदै आफु श्रीमतीलाई छाडने स्थिति नरहेको समितिमा बताएका थिए । उनको दावीलाई उनकी श्रीमतीले पनि सत्य भएको भन्दै स्वीकार गरिन तर श्रीमतीले दुई जनाबीचको समबन्धका बारेमा अनौठो प्रकृतिको सवाललाई राखिन ।

श्रीमानको लिङ्ग पुरुषमा हुने पर्ने भन्दा ज्यादै सानो भएको र यौन सम्पर्क समेत राख्न नसक्ने भएकाले आफुले श्रीमानसँग सम्बन्ध बिच्छेद गर्नु पर्ने भएकाले छाडन चाहेको बताईन ।पञ्च भलादमीका रुपमा सहभागी भएका जनप्रतिनिधिहरुले दुवै जनाको कुरा सुने पछि दुवैको मञ्जुरीमा सम्बन्ध बिच्छेदका लागि बाटो खुल्ला गर्दै आपसी रुपमा छुट्टिने निर्णय गरिदिए ।

यसरी महिलाले श्रीमानको लिङ्ग सानो भएकाले यौन चाहना अनुसार सन्तुष्टी बनाउन नसकेको घटना यो एक जोडीको मात्र घटनाका नभएरसँगै सोही वार्डमा अन्य एक जोडीको हकमा समेत यही प्रकृतिको घटनालाई सामाजिक पञ्चायतीमा सम्बन्ध बिच्छेद गराएर मिलापत्र गराईएको वडाअध्यक्ष सुरेन्द्र यादव श्रवणले बताएका छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved