नेपाली क्रिकेट टोली स्वदेश फर्कदै : विमानस्थलमा भव्य स्वागतको तयारी

  • प्रकाशित मितिः चैत्र, 5, 2074
  • पहिलो किताब संवाददाता

इटहरी / एक दिवसीय क्रिकेटको मान्यतासहितको ऐतिहासिक सफलता बोकेर नेपाली क्रिकेट टोली आज साँझ स्वदेश फर्कदैछन् । उक्त टोलीको भव्य स्वागत गर्न तयारी पनि भइरहेका छ ।

जिम्बावेमा सहभागि एक सय १० टिममध्ये आठौँ भएको नेपालले अन्तर्रा्ष्ट्रिय क्रिकेट खेल्न थालेको २२ वर्षपछि पहिलो पटक ऐतिहासिक सफलता हात पारेको हो । एसोसिएट राष्ट्रमध्ये शीर्ष स्थानमा रहन सफल भएपछि समूह चरणमा शीर्ष स्थान रहन नसकेपछि नेपालले क्रस प्लेअफमा पपुअ न्यूगिनीलाई पराजित गरेको थियो भने सातौँ स्थानको प्लेअफमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।

एकदिवसीय मान्यता पाएसँगै नेपालले थुप्रै अवसर पाएको छ । नेपालले आईसीसीबाट पाउदै गरेको आर्थिक तथा अन्य सुविधामा उच्च वृद्धि हुनेछ । त्यस्तै नेपालले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप, इन्टर कन्टिनेन्टल कप जस्ता उच्च श्रेणीको क्रिकेट खेल्ने मौका पाउनेछ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved