भरौले गोल्डकप २०७४

  • प्रकाशित मितिः फाल्गुन, 28, 2074
  • पहिलो किताब संवाददाता

आयोजक पाखा लाग्यो, रेड हर्ष अघि वढ्यो

भरौल / तेस्रो अन्तरास्ट्रिय आमन्त्रित सुनसरीको भरौेलमा जारी गोल्डकपको दोश्रो दिन आइतबार रेड हर्ष इलाम विजयी भएको छ ।

आयोजक न्यू स्टार क्लब,बराहक्षेत्र –५ लाइ रेड हर्ष क्लब इलामले ट्राइब्रेकर मार्फत ५–४ गोल अन्तरल पराजीत गरेको थियो । उक्त खेलको दोस्रो हाफको ५औँ मिनेटमा रेड हर्ष क्लबका कप्तान जर्सी नं १५का पासाङ शेर्पाले गोल गर्दै टिमलाइ अग्रता दिलाएका थिए तर उक्त अग्रता केहिबेर मात्र काएम रहयो खेलको ५३औँ मिनेटमा न्यू स्टार क्लबले डि बक्स छेउमा पाहेको फ्रीकिकलाई सदुपयोग गर्दै कप्तान जर्सी नं १० का निसान लिम्बुले गोलमा परिणत गरि खेल बराबरीमा ल्याएका थिए।

पहिलो हाफको १०औ मिनेटमा न्यू स्टार क्लबका गोल रक्षक बिस्वास चौधरी घाइते भै मैदान बाहिरीए पछि न्यू स्टारको पोल समहाल्न उज्वल राई प्रवेश गरेका थिए। खेलको निर्धारित समय १ –१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकर बाट गरिएको थियो।

उक्त खेलका म्यान अफ द म्याच रेड हर्ष क्लब इलामका गोल रक्षक सुर्य अधिकारी भए । उनले बिनायक कृषि सहकारी सस्थाका ब्यबस्थापक अर्जुन भट्टराईको हातबाट नगद रु पाच हजार प्राप्त गरे । आजको खेल चर्च ब्याइज क्लब, काठमाडौ र मोरङ फुटबल क्लब, मोरङ बिच हुनेछ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved