समाचारको वेवास्ताले निम्तयाएको सिआईवी अपे्रसन

  • प्रकाशित मितिः फाल्गुन, 13, 2074
  • चन्द्रमणि कट्टेल

ईटहरी / धरानका सेन्चुरी र नेपाल वैंकसहितका वैकमा गोल्ड लोनमा भएको करोडौं घोटालापछि सुनसरीमा सुरु भएको सिआईवीको वित्तीय अपराधविरुद्दको कारबाही करिब सात महिना अघिबाट सुरु गरेको थियो ।

वैकहरुमा भएको घोटालाको विषय मिडियामार्फत सार्वजनिक भएपछि सिआईवीको वित्तीय अपराध शाखाले छानबिन गरी करिब तीन दर्जनमाथि मुद्दा चलायो । केही धरौटीमा रिहा भए भने केही धरौटी बुझाउन नसक्दा जेल जान बाध्य भए ।

सेन्चुरी बैङ्कका सञ्चालक समिति सदस्य विषन शाक्य र तत्कालीन मेनेजर निखिल श्रेष्ठलगायतले बैङ्कबाट बिदा लिनु पर्‍यो भने नेपाल बैङ्कमा पनि मेनेजर सहित दर्जन कर्मचारी कारबाहीमा परे ।

सिआईवीको टोलीले दुवै बैङ्कमा भएको घोटालामा संलग्न गिरोह एउटै भएको निष्कर्ष निकाल्यो । धरानको पुतली लाइन स्थित ईम्यानुयल ज्वेलरी र न्यु भिजन ज्वेलरीका सञ्चालक सञ्जय राई र ज्ञानेन्द्र पुर्कुटी लगायतको समूहले बैङ्कका कर्मचारीलाई प्रभाव र प्रलोभनमा पारेर धितो भन्दा कयौँ गुणा बढी लोन निकालेको भेटिएको थियो ।

तत्कालीन समयमा बैङ्क घोटालाको छानबिनको नेतृत्व गरेका सिआईवीका डिएसपी कमल थापाले अनुसन्धानका क्रममा वित्तीय अपराधको नयाँ विषय भेटिएकाले अपे्रशन चलाउने जानकारी गराएका थिए ।

घोटालामा संलग्न सञ्जय राईको ईम्यानुयल ज्वेलरी छापा मारेर कागजात नियन्त्रणमा लिने क्रममा ईन्भेष्टमेन्ट कम्पनीका नाममा बैङ्किङ कारोबार हुने गरेको भेटिएको जानकारी गराउँदै उनले संजयसँगको बयानमा पनि सुनसरी , मोरङ र झापामा ईन्भेष्टमेन्ट कम्पनीको नाममा धन्धा हुने गरेको खुलेको बताउँदै उक्त धन्धाविरुद्दको अप्रेसन छिट्टै थाल्ने बताएका थिए । उनको सो भनाइसहितको समाचार समेत सो समयमा सार्वजनिक भएको थियो ।

डिएसपी थापाले वैक घोटालाको अपे्रशनपछि कम्पनी रजिष्टारको कार्यालयबाट तीन जिल्लामा सञ्चालनमा रहेका ईन्भेष्टमेन्टको सुची माग्दा करिब सय सञ्चालनमा रहेको देखिएपछि सिआईवी हेडक्वाटरले अपे्रशन चलाउने निर्णय गरेको संचारकर्मीलाई जानकारी गराएका थिए ।

उनले ठुलो अपे्रशनको तयारी भएको सूचना दिदैं समाचार सार्वजनिक गरेर अपे्रशन प्रवाभित नगरीदिन आग्रह समेत गरेका थिए । सिआईवी हेडक्वाटरले अपे्रशन चलाउने निर्णय गर्दै जसको नेतृत्व गर्ने जिम्मा डिएसपी श्यामवावु ओलीयालाई दिएको सम्म सूचना चुहिएपछि गोरखापत्र दैनिकसहितका केही पत्रिका र अनलाइनमा सिआईवीले पूर्व लक्षित गरेर ईन्भेष्टमेन्ट कम्पनीसहित वित्तीय अपराध विरुद्ध कारबाही थाल्ने तयारी गरेको समाचार समेत आयो ।

तर पनि धन्धावालाहरुले होसीयारी अपनाएनन् जसका कारण उनीहरू अहिले कानुनी कारबाहीको प्रक्रियामा पुगेका छन् । सिआईवीको टोली पूर्व आउनु अगावै पूर्व क्षेत्रीय व्युरोको टोली अपे्रशनको तयारीका लागि खटिएको सूचना पनि चुहिएको थियो ।

जसको काम गैरकानुनी वित्तीय कारोबार गर्नेहरुको पासवुक र अन्य प्रमाणित हुने कागजात सङ्कलन गर्नु थियो । उनीहरूले उक्त काम सकेको माथिल्लो निकायमा रिपोर्टिङ भएलगत्तै सिआईवीले एकैपटक तिन जिल्लाबाट छापा मार्ने काम सुरु गर्‍यो ।

अपे्रशन थाल्ने अघिल्लो दिन बेलुका नै सिआईवीको टोली पूर्व आएको र वित्तीय अपराधविरुद्दको कारबाही थाल्ने आशयको समाचार पहिलो किताब अनलाइनले सार्वजनिक गरी दिएको थियो ।

एकसाता अघि केही ईन्भेष्टमेन्टका पासवुकसहितको समाचार गोरखापत्र दैनिकले सार्वजनिक गरीदिदाँसमेत धन्धा बन्द नगरेका उनीहरूले अनलाइनको समाचारको त झन् वास्ता गर्ने कुरै भएन । पूर्व सूचनासहितको समाचार आएपछि थालिएको अपे्रशन असफल हुने भयसहित आएको सिआईवीको भय त्यति बेला टर्‍यो जतिवेला उनीहरूले छापा हानेको ठाउँमा सफलता मिल्यो ।

सोचेजति सफल बनेन सिआईवी

गैर कानुनी वित्तीय कारोबार गर्ने करिब सय जति ईन्भेष्मेन्ट कम्पनी , कम्पनी , फर्म तथा सप्लायर्सको सुची बोकेर आएको सिआईवीको टोली नौ वटामा मात्रै छापा मार्न सफल भयो । पहिलो दिनको कारबाही पछि हल्ला र आतङ्कका कारण दोस्रो दिनबाट सिआईवीलाई धन्धावाला खोज्न कार्यालय पत्ता लगाउन कठिन बनेको सिआईवीकै अधिकारीहरू स्विकार्दछन् ।

उनीहरूले अधिकांशको कार्यालय नहुनु र झोला अनि घरबाटै धन्धा चलाउने गरेका कारण सबै समात्न नसकिएको स्वीकार गरेका छन् । तर सूचना अथवा उजुरी आए उनीहरूलाई समेत कारबाहीको दायरामा ल्याउने जानकारी गराउँदै सिआईवीका डिएसपी श्यामवावु ओलीयाले अपे्रशन निरन्तर चल्ने र जारी रहने बताएका छन् ।

उनले मिडियामा सार्वजनिक रूपमा वित्तीय अपराधको विषयमा थालिएको अपे्रशनमा ठुलो सफलता मिलेको वताएपनि अपे्रशन जारी राख्ने भनाइले सिआईवीलाई सोचेजति सफलता नमिलेको प्रस्ट बुझ्न सकिन्छ । सरकारी संचारमाध्यम गोरखापत्रसहितका संचारमाध्यममा नै समाचार आउँदा समेत सचेत नभएर धन्धा चलाउनेहरु मध्ये केही कारबाहीमा परेका छन् भने अधिकांश कारवाहिवाट अहिलेलाई जोगिन पुगे तर सिआईवीका डिएसपी ओलीया भने कारबाही निरन्तर चल्ने बताएपछि उनीहरूले चलाउँदै आएको गैरकानुनी धन्धा बन्द नगर्ने हो भने उनीहरुपनि कारबाहीमा तानिने निश्चित नै छ ।

सुनचाँदी व्यवसायी पनि आफ्नै कारण समस्यामा

पूर्वमा ठुलै व्यावसायिक संस्थाको रूपमा स्थापित बनेको बराह ग्रुपले पहिलो पटक पासवुक छपाएर बैङ्किङ गतिविधि थालेको सुनचाँदी व्यवसायीहरूले बताउँदछन् । बराहको सिको सिकेर पासवुक नै बनाएर बचत गर्ने तथा लोन प्रवाहको काम पूर्वमा सुरु भयो , जसको सिको सिक्दै अन्य व्यवसायीले समेत खुलमखुल्ला पासवुक बनाएर बैङ्किङ गतिविधि गर्न थाले ।

सुन व्यवसायी अधिकांशले त्यसपछि पूर्वमा पासवुक नै बनाएर बचत लिन थाले तर व्यवसायमा चतुर मानिएका बराहका सञ्चालकले भने सहकारी बनाएर सहकारी मार्फत बचत तथा लोनको काम थाल्यो । तर अन्य व्यवसायीले भने पसल र फर्मकै नाममा गर्ने काम जारी राखे । एक अर्काको सिको गर्दै जाँदा अहिले यस्तो स्थिति बन्यो अधिकांश सुनचाँदी व्यवसायीले आफ्नो मुख्य धन्धा नै त्यसरी अवैधानिकरुपमा चलाउन थाले ।

कहीँ कतै न कुरा उठ्यो न त सरकारी निकायले अनुगमन र सचेत गराउने काम गरे । करिब ६ वर्ष अघिबाट मौलाएको वित्तीय अपराधको नयाँ धन्धाको विषयमा त्यति बेला मात्रै कुरा उठ्यो जतिवेला धरानका वैंकहरुमा गोल्ड लोनमा समस्या देखियो ।

वैकमा समस्या देखिएकै भरमा मात्रै यो विषय मुद्दा बनेन । बैङ्क घोटालामा संलग्न व्यवसायीहरूले बैङ्कमा बजारबाट भेला पारेर जम्मा गरेको हजारौँ सर्वसाधारणको गहना धितो अपुग भएको भेटिएपछि बैङ्कले जफत गरेको थियो । जसबाट पूर्वक हजारौँ सर्वसाधारणले काम चलाउन सुनचाँदी पसलमा राखेको गहना डुबेपछि यो विषयलाई मिडियाले मुद्दा बनायो ।

मिडियाले मुद्दा बनाएपछि अत्तालिएका सुनचाँदी व्यवसायीका संस्थाले हरेक व्यवसायीलाई पत्राचार गरी गैरकानुनीरुपमा बैङ्किङ कारोबार नगर्न सचेत गराए । पटक पटक सचेत गराउँदै धन्धा बन्द गर्न सर्कुलर गर्दापनि अटेर गरेर वसेकाहरु अहिले भने ठुलो सङ्कटमा फसेका छन् ।

सिआईवीको पछिल्लो छापापछि पसलमा एकैपटक धितोमा राखिएका गहना र बचत फिर्ताको माग गर्दै सर्वसाधारण जान थालेपछि उनीहरू सङ्कटमा फसेका हुन् । बचत गरेको पैसा अन्यत्र लगानी गरेर काम गर्नेहरु अधिकांशले धितो राखिएका गहना समेत अन्यत्र राखेर पैसा निकालेर अन्य क्षेत्रमा लगानी गर्दै आएका थिए ।

गरिएको लगानी एकैपटक फिर्ता हुन नसक्नु र आफूसँग बचत गरिएको रकम र धितोसमेत नहुँदा उनीहरूले सकटको सामना गर्नुपरिरहेको छ । करिब सात महिना अघि आफ्नै संस्थाको नेतृत्वले दिएको निर्देशन नमानेकै कारण यो स्थिति बन्यो । के गर्छस् मङ्गले आफ्नै ढङ्गले भन्न उखान सुनचाँदी व्यवसायीमा अहिले चरितार्थ बनेको छ ।

गहना डुब्यो तर सर्वसाधारण वेखवर

सेन्चुरी बैङ्क र नेपाल बैङ्क लगायतका बैङ्कमा सञ्जय राई र ज्ञानेन्द्र पुर्कुटी लगायतले राखेको करिब १० करोड भन्दा माथि मूल्य पर्ने गहना बैङ्कले धितो अपुग भएको भन्दै जफत गर्‍यो त्यतिले मात्रै नपुगेर उनीहरूमाथि थप रकम बिगो दाबी गरियो । उनीहरूले बिगो तिर्न सकेनन् जसका कारण उनीहरू जेलमा छन् ।

उनीहरू आफैँ ठुला व्यवसायी भने हैनन् उनीहरूले पुर्वभरीका धेरै सुनचाँदी व्यवसायीको सुन भेला पारेर बैङ्कमा राखेर लोन निकालेका थिए । उनीहरू घोटाला पछि जेल गए , उनीहरूका पसलसमेत बन्द भए । तर सर्वसाधारणको सुनका गहना भने डुबेको डुव्यै भए । हजारौँको गहना डुब्यो तर उनीहरू मार्फत काम गर्ने व्यवसायीले न त गहना फिर्ता नै गर्न सके न नयाँ दिन नै । गहना डुव्नेहरुलाई नयाँ दिन सकेको भए पनि सिआईवीको निशानाबाट सुनव्यवसायी जोगिने थिए । हजारौँ सर्वसाधारणको गहना डुब्नु चानचुने विषय थिएन । सञ्जय र ज्ञानेन्द्रमार्फत काम गर्ने व्यवसायीलाई अझैपनि सिआईवीले कारबाहीमा तानेको छैन । जसका कारण हजारौँले दखसुख जोडेका गहना डुबेका छन् ।

हुण्डीवाला पनि आफ्नै कारण फसे

विराटनगरमा बसेर हुन्डीको धन्धा चलाउँदै आएका विरुद्ध स्थानीय जनविद्रोह दैनिकले करिब एक वर्षअघि धन्धा चलाउने करिब ४० जनाको नाम सहित धन्धाको विषय बाहिर ल्याएको थियो । तत्काल नै कुनै कारबाही भएन । प्रहरी र सिआईवीले तत्काल नै कारबाही गरेन । धन्धावालाले पनि धन्धा बन्द गरेनन् जारी राखे । सो समाचार आएलगतै उनीहरूले कारबाहीमा पर्नु पर्ने थिएन । तीनै चालिस मध्य प्रहरीले करिब एक वर्षपछि लगातार डेढ दर्जन जतिलाई ठुलो रकमसहित पक्राउ गर्‍यो ।

समाचारको वास्ता नगर्दाको परिणाम बन्यो भयावह

समाचार बनेर आएका विषयलाई बेवास्ता गर्दा विराटनगरमा हुण्डीवाला कारबाहीमा परे । जेल जानु पर्‍यो । त्यही हालत भयो सुनसरीमा पनि ईन्भेष्टमेन्टको धन्धा र सुनचाँदी व्यवसायीको गैरकानुनी बैङ्किङ कारोबारको समाचार महिनौँ अघि आएको थियो । पटक पटक उनीहरूका व्यावसायिक संस्थाले सचेत गराएका थिए ।

पछिल्लो समयमा पनि अपे्रशनको करिब एक साता अघिबाटै वित्तीय अपराध विरुद्धको अपे्रशन सिआईवीले चलाउने विषय गोरखापत्रसहितका संचारमाध्यमवाट सार्वजनिक भएको थियो । तर पनि धन्धावालाले होसियारी अपनाएनन् र कारबाहीमा तानिए ।

होसीयारी र सचेतना नअपनाउँदा निम्तिएको दोष एक अर्का लाई लाउन भन्दा आफ्ना कारण आफैँले निम्तयाएको दिनबाट शिक्षा लिन जरुरी छ । कारबाहीमा नपरेका तर धन्धा गर्नेहरुले पनि यो सिआईवी अपे्रशनलाई अवसरका रुपममा लिएर धन्धा बन्द गरी कानुनी प्रक्रिया पुरा गरेर काम गर्नु नै वुद्दिमानी हुने छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved