नेपाल आइस नेवा च्यारिटी ८ के रनको विजेता वने तीर्थ पुन

  • प्रकाशित मितिः फाल्गुन, 5, 2074
  • पहिलो किताब संवाददाता

ईटहरी / धरानमा शनिवार विहान भएको नेपाल आइस नेवा च्यारिटी ८ के रनको विजेता यो वर्ष पनि भारतीय सेनामा कार्यरत वागलुङका तीर्थ पुन नै भएका छन् ।  विजेता पुनले नगद ४० हजार रुपैया, मेडल र प्रमाण पत्र पाएका छन् ।उनि रनको चौथो संस्करणवाट विजेता वन्दै आएका हुन् । यो पटकको विजेतापनि उनी नै वनेर ह्याट्रीक पुरा गरेका छन् ।

महिलातर्फ शसस्त्र प्रहरी वलकी कान्छीमाया कोजु विजेता वनेकी छन् । उनले २००४ को एथेन्स ओलम्पियनमा सहभागिता जनाएकी थिईन । विजयसँगै उनले पनि ४० हजार रुपैया पुरस्कार हात पारेकी छन् ।

पुरुषतर्फ नेपाल आर्मीका हरि रिमाल दोस्रो र आर्मीकै टीकाराज कटुवाल तेस्रो बने । उनीहरुले क्रमशः नगद ३० हजार र २० हजार रुपैया पुरस्कार पाएका छन् । महिलातर्फ धाधिङकी सन्तोषी श्रेष्ठ दोस्रो बनिन् भने ै शसस्त्र प्रहरी वलकी फुलमती राना तेस्रो बनिन् । दोस्रो र तेस्रो बनेका श्रेष्ठ र रानाले नगद ३० र २० हजार रुपैया पाए ।

१२ वर्ष मुनीको उमेर समूहमा युवती तर्फ अजुना प्रधान , बिपासा राई र सुमिक्षा राई क्रमशः प्रथम ,दोस्रो र तेस्रो बने भने सोहि उमेर समूहमा युवा तर्फ विकास बुढा , बरदान राई र दिपेश राई क्रमश प्रथम , दोस्रो र तेस्रो बने ।

त्यसैगरि अण्डर १६ उमेर समुहमा प्रकाश कठायत प्रथम , समिर मोहोरा दोस्रो र नारायण सुब्बा तेस्रो बने भने सोहि उमेर समूहमा युवती तर्फ सिर्जना राई , अमृता भण्डारी र बन्दना बुढा क्रमशः प्रथम ,दोस्रो र तेस्रो बने ।

त्यसैगरी ४० वर्ष माथिको उमेर समुहमा महिलातर्फ रीता राई , गंगा गुरुग र धनमाया योगयाग क्रमश प्रथम ,दोस्रो र तेस्रो बनेका छन् भने पुरुष तर्फ निर्मल राई प्रथम, मोहन सुब्बा दोस्रो र राम तामाग तेस्रो बने ।

सुपर भेट्रान तर्फ सहभागि धरानका ६९ वर्षीय धरानकै मनमोहन पलिखेलाई उपहार प्रदान गरियो भने तीनपटकसम्म एभरेष्ट एथलेटिक्समा स्वर्ण पदक विजेता धावक हरि रोकायलाई सम्मान पत्रले सम्मानित गरिएको छ । रनमा २५ सय धावकधाविकाहरु प्रतिस्पर्धा गरेका थिए । २५ सय धावक सहभागि वनेको रन नेपालकै यो पहिलो समेत वनेको प्रतियोगिता बनेको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved