भोली धरान ८ किलोमीटर दौडिन्छ

  • प्रकाशित मितिः फाल्गुन, 4, 2074
  • पहिलो किताब संवाददाता

धरान /  भोलि (शनिवार ) धरानमा लगातार ८ किलोमिटरको दौड प्रतियोगिता हुने भएको छ । नेपालमा नै सबैभन्दा धेरै धावकहरू प्रतियोगितामा सहभागी हुँदै छन् । धरान रन, नेपाल आईस छैटौँ नेवा च्यारिटी ८ के रनको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

आयोजक धरान रनले पत्रकार सम्मेलन गर्दै दौडमा हालसम्मकै सबैभन्दा बढी २ हजार ४ सय ७५ जना सहभागी हुने जानकारी दिएको छ । स्वच्छ धरान, स्वास्थ्य धरान नारा दिएर स्थापना भएको संस्था धरान रनले बर्से्नि आयोजना गर्ने दौडमा सहभागी सङ्ख्या देशकै सर्वा््धिक रहेको आयोजकको दाबी रहेको छ ।

दौड शनिवार बिहान साढे ६ बजे भानुचौकबाट सुरु भएर पुतली लाइन ,कल्याण चौक, पानी टोकी, गणेशमान चौक, जनपथ, रङ्गशाला हुँदै, जिरो प्वाईन्ट, अमरहाट, रेडक्रस भवन, हातिसार क्याम्पस, बिजयपुर चौक, पिण्डेश्वर मंदिर, चिनियाँ चौक, पुरानो बजार, देशी लाइन हुँदै पुन भानुचौकमा पुगेर समापन हुने धरान रनका अध्यक्ष रुम राईले जानकारी गराए । दौडको दुरी ८ किलोमिटरको हुनेछ ।

प्रतियोगितामा नेपाल भरिका विभिन्न उमेर समूहका राष्ट्रिय खेलाडिहरुले सहभागिता जनाउने अध्यक्ष राईले जनाए । दौडमा १२ वर्ष मुनिका, १६ वर्ष मुनिका, भेट्रान खुल्ला गरी विभिन्न चार उमेर समूहका महिला पुरुष धावकले प्रतिस्पर्धा गर्नेछन् । खुल्लातर्फका महिला तथा पुरुष तर्फ प्रथम, दोस्रो र तेस्रो उपाधि विजेताले जनही मेडल सहित क्रमशः नगद ४० हजार, ३० हजार र २० हजार पुरस्कार पाउनेछन् ।

यस्तै, १२ वर्ष, १६ वर्ष मुनि र भेट्रान ४० वर्षमाथिका प्रथम, दोस्रो र तेस्रो हुने धावक र धाविकाले मेडल सहित जनही क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार हात पार्ने आयोजक संस्थाका संस्थापक सन्तोष राईले जनाए ।

राईका अनुसार दौडमा खुलाबाहेक अन्य उमेर समूहका धावक वा धाविकाले प्रथम, दोस्रो वा तेस्रो स्थान प्राप्त गरेमा खुला र आफ्नो उमेर समूह दुवैतर्फको पुरस्कार प्राप्त गर्नेछ । सहभागी सम्पूर्ण धावकहरूलाई आयोजकले टिसर्ट प्रदान गर्नेछ ।

यो पटक धरान रनका प्रमुख आकर्षण एथेलेटिक्स विकासमा योगदान गर्दै तीन पटक एभरेष्ट म्याराथुनमा स्वर्ण पदक जितेर गीनिज बुक अफ बल्र्ड रेकर्डमा नाम लेखाउन सफल वरिष्ठ धावक हरि रोकाया रहने छन् ।

आयोजक संस्थाले सामाजिक क्षेत्रमा लगानी गर्दै आएको छ । विपन्न र असाहयलाई सहयोग गर्दै आएको आयोजक संस्थाले रनवाट वचेको रकम सामाजीक क्षेत्रमा खर्च गरिने जनाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved