नेपाल सामु २७८ रनको लक्ष्य

  • प्रकाशित मितिः फाल्गुन, 3, 2074
  • प्रमिला दुलाल

ईटहरी / नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को फाइनलमा युएईले नेपाल सामु २७८ रनको चुनौति राखेको छ । युएईले उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई ठूलो चुनौती दिएको हो ।

टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा २७७ रन बनाएको हो । युएईका लागि अस्फक अहमदले शतक प्रहार गरे । उनले ११४ रन बनाएका थिए । उनले १२३ बलको सामना गर्दै १० चौका र ३ छक्का प्रहार गरे । युएईले उत्कृष्ट सुरुवात गर्दै पहिलो विकेटका लागि १०९ रन बनाएको थियो ।

नेपालको कुनै पनि बलरले किफायती बलिङ गर्न सकेनन् । नेपालका लागि सन्दीप लामिछाने, बसन्त रेग्मी र सोमपाल कामीले समान १–१ विकेट लिए । नेपालले केही बेरमा जवाफी ब्याटिङ थाल्नेछ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved