एउटा सिपाही कठिन युद्ध लडिरहेको छ............

  • प्रकाशित मितिः चैत्र, 16, 2076
  • पहिलो किताब संवाददाता

यो समय मुलुक कोरोना भाईरसको महामारीसँग लडिरहेको छ । देश लकडाउनको अवस्थामा छ भने यो देशका सिपाहीहरु देशले वेहोरी रहेको यहि महासंकटको बिरुद्द्मा युद्द मैदानमा युद्द लडिरहेका छन् । सिपाहीको युद्द त्यो पनि एउटा महामारी रोगका बिरुद्द्मा सुन्दा सच्चिकै अचम्म छ तर सत्य छ, जुन युद्द्मा हार निश्चित छ त्यस्तो युद्द्मा होमिनु समान्य कुरा पक्कै नहोला त्यसमा पनि बिना हतियार युद्द मैदानमा लड्ने कुरा चानचुने छैन तर यतिबेला एउटा सिपाही केवल नागरीकको स्वास्थ्य रक्षाका लागि एउटा लाठि र सामान्य मास्कको भरमा कोरोना भाईरससँग निरन्ततर युद्ध मैदानमा छ ।

मानिसको कमजोर मानसिकता र अटेरिपनका कारण उनीहरुकै हितका लागी आफ्नो स्वास्थ्यको कुनै ख्याल नै नगरी सारा पिडा भुलेर निरन्तर सडकमा खटिएको त्यो सिपाहीलाई  त्यही सडकमा निस्किएका जनताले जिस्काइरहेका छन् । उनीहरुलाई लाग्दो हो कोरोना, प्रहरी र जनता लुकामारी खेलिरहेका छन्, एउटा युद्ध मैदानमा उत्रिएको सिपाही सडकमा उत्रिएर जनताको अगाडि गुहार मागिरहेको छ म तपाईको सुरक्षाका लागि तपाईको घर बाहिर उभिरहेका छु, कृपया तपाईहरु आफ्नै घर भित्र बसिदिनुहोला तर विडम्बना यहाँ छ त्यो सिपाहिको गुहार न कसैले सुनेका छन् न कसैले बुझेका नै । प्रश्न आफै उत्पन्न हुन्छ, यो के का लागि हो ? अनि कस्का लागि ? आखिर यो सडकमा उभिएका सिपाहीको के स्वार्थ लुकेको छ त्यहाँ ? कि उसको परिवारको ? हो एउटा सिपाहीको अन्तरआत्मा भित्र स्वार्थ लुकेको छ त्यो हो देश र जनताको सुरक्षा, तर किन जनता बुझन चाहादैनन् की बुझेर पनि बुझन नचाहेका हुन् । भनिन्छ निदाएकालाई बिउझाउन सहज हुन्छ रे तर निदाएको नाटक गर्नेलाई बिउझाउन गाह्रो हुन्छ रे सायद यहि उखान चरितार्थ भएको हो कि ।

एक पटक ह्रदयबाट नै मनन गर्नुहोस् त तपाईको घर बाहिर उभिएर तपाइहरुलाई घरभित्र बस्न आग्रह गर्ने सिपाहीको घर,परिवार छैन होला ? के त्यो सिपाहीलाई कोरोना भाइरस संक्रमण हुन्न होला ? त्यो सिपाहीलाई आफ्नै परिवारको जीवन रक्षा गने कर्तव्य पनि त होला नि तर उसलाइ कुनै प्रवाह छैन परिवारको न त आफ्नै, प्रवाह छ त केवाल देश र जनताको कहिले काँही त डिउटीमा निस्कने समय आफ्ना परिवारलाई सुरक्षित भएर बस है भन्नलाई फोन गर्ने फुर्सद पनि हुँदैन तर पनि त्यो सिपाहीले तपाईहरुको घर अगाडी उभिएर घर बाहिर ननिस्किनुहोस् भन्दै तपाईहरुलाई सुरक्षा दिइरहेको छ किनकि यो देशलाइ चिनको वुहान बनाउनु छैन, इटाली, अमेरीका र स्पेनको अवस्थामा पुर्याउनु छैन ।

हामी विर गोर्खालीको इतीहास तब जिबित रहनेछ जब हाम्रो लडाइले कोरोना भाइरसको महामारीलाई परास्त गर्ने छ । आउनुहोस्  तपाई हामी मिलेर यो लडाइ लडौ, कोरोना भाइरसलाई मिलेर परास्त गरौं तपाई जनता घर भित्र सुरक्षित बस्नुहोस हामी सिपाही बाहिर युद्ध मैदानमा तपाईको घर अगाडी बस्छौ ।  (दिपक कटवाल राष्ट्रसेवक प्रहरी हुनुहुन्छ )



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved