एजेन्सी / इराकको पश्चिमी क्षेत्रमा भएको हवाई आक्रमणमा परी सोमबार दश जनाको मृत्यु भएको छ । अमेरिकी नेतृत्वको गठबन्धन सेना र इराकी सुरक्षा बलले संयुक्त रुपमा गरेको कारबाहीमा मारिएका ती सबै इस्लामिक स्टेट्सका लडाकू रहेका जनाइएको छ ।
इराकको प्रतिआतङ्कवाद सम्बन्धी निकायको संयोजनमा अहिले सुरक्षा कारबाही तिब्र पारिएको अधिकारीहरुले जनाएका छन् । आइएस लडाकूहरु लुकेर बसेको सूचनाका आधारमा उनीहरुले देशको पश्चिमी अनबार प्रान्तमा आक्रमण गरेका हुन् ।
सिटिएसले लडाकूहरु विरुद्ध गरेको कारबाहीका क्रममा उनीहरुमध्ये आठ जनाको मृत्यु भएको वक्तव्यमा उल्लेख गरिएको छ । सुरक्षाकर्मीहरुले अतिवादीहरु विरुद्ध कडारुपमा प्रस्तुत हुँदा सन् २०१७ मा देशको सुरक्षा अवस्था नाटकीय रुपमा सुधार भएको थियो ।
संखुवासभा / संखुवासभाको खाँदबारी नगरपालिका–११ ... ... ...
संखुवासभा / मादक पदार्थ सेवनका कारण भएको विवादपछि ... ... ...
इटहरी / संखुवासभाको चैनपुर नगरपालिका–७ मा आगल... ... ...
सङ्खुवासभा / विजयादशमी नजिकिएसँगै वसन्तपुर–चैन... ... ...
इटहरी / साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुन... ... ...
Copyright © 2017 - Pahilopustak.com All rights reserved