अब प्रतिस्पर्धाबाटै पश्चिम सेती

  • प्रकाशित मितिः भदौ, 26, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / पश्चिम सेती आयोजनाको निर्माण अब खुला प्रतिस्पर्धाबाटै अघि बढाइने भएको छ। ७५० मेगावाट क्षमताको यो योजना वर्षौँसम्म चिनियाँ कम्पनीले होल्ड गर्दै हात झिकेपछि सरकारले खुला प्रतिस्पर्धाबाटै निर्माण गर्ने योजना बनाएको हो।

लगानी बोर्ड र चिनियाँ कम्पनी चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन (सीटीजीआई) बीच हालै भएको वार्तामा चिनियाँ कम्पनीले हात झिक्ने संकेत दिएपछि अब प्रतिस्पर्धामार्फत अघि बढाउन लागिएको हो। लगानी बोर्ड स्रोतका अनुसार बोर्डको आगामी बैठकका लागि चिनियाँ कम्पनीसँगको वार्ताका आधारमा प्रतिस्पर्धामार्फत पश्चिम सेती अघि बढाउने प्रस्ताव लैजान लागिएको छ।

‘लगानी बोर्ड जहिले पनि प्रतिस्पर्धाको पक्षमा छ, पश्चिम सेतीबारे चिनियाँ कम्पनीसँग भएको वार्ताबारे यथार्थताको पक्षमा छ’, लगानी बोर्डका प्रवक्ता उत्तम वाग्लले भने, ‘पश्चिम सेतीबारे चिनियाँ कम्पनीसँग भएको वार्ताबारे यथार्थतासहितको कुरा बैठकमा प्रस्ताव गर्छौँ।’आजको कारोवार दैनिकमा यो खबर छ,



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved