आज कुशेऔँसी अर्थात बाबुको मुख हेर्ने दिन

  • प्रकाशित मितिः भदौ, 24, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / आज कुशेऔँसी अर्थात बुबाको मुख हेर्ने दिन । आजको दिन देवकार्य र पितृकार्यका लागि वर्षभरि आवश्यक पर्ने कुश काटेर राख्ने परम्परा छ।

प्रत्येक वर्षको भाद्रकृष्ण औँसीका दिन पर्ने यो दिन घरघरमा कुश भित्र्याउनुका साथै आफ्ना बुबाको मुख हेर्ने र विभिन्न परिकार खुवाउने प्रचलन छ ।

यसरी राखिएको कुशले वर्षभर घरको रक्षा गर्छ भन्ने विश्वास गरिन्छ। यसरी राखिएको कुश वर्षभरि पर्ने मांगलिक पितृकार्यलगायतमा प्रयोग गर्ने चलन छ। कुशको प्रयोग आयुर्वेदमा समेत हुन्छ।

त्यस्तै आजको दिन छोराछोरीले आफ्ना बाबुलाई मनपर्ने खानेकुरा, फलफूल, मिठाई खुवाएर तथा उपहार दिएर सम्मान आदरभावका साथ मुख हेर्ने चलन प्राचीन कालदेखि चलिआएको छ ।

काम विशेषले टाढा रहेका छोराछारीले बुबासँग भेट्ने दिनका रूपमा यसको महत्त्व रहेको छ। पिता नभएकाहरूले उनको स्मृतिमा श्राद्ध गर्ने परम्परा छ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved