गायिका सरलाको तिज गीत सार्वजनिक

  • प्रकाशित मितिः भदौ, 21, 2075
  • पहिलो किताब संवाददाता

धरान / भजन र आधुनिक गीत गाएर चिनिएकी धराने गायिका सरला श्रेष्ठको तिज गीत पनि बजारमा आएको छ । यसअघि भिन्न भिन्न विधामा गीत गाएर चिनिएकी गायिका श्रेष्ठको पछिल्लो तिज गीत सँगै उनका सार्वजनिक भएका गीतको सङ्ख्या समेत छ पुगेको छ ।

आफ्ना गीतमा पूर्वमै स्थापित मोडेलका रूपमा लोकप्रिय बन्दै गएकी आफ्नै छोरी सिम्रन श्रेष्ठलाई कलाकार बनाएर सार्वजनिक हुँदै आएका गायिका श्रेष्ठको भिडियोमा यस पटक भने उनले आफ्नी छोरीलाई त्यो अवसर दिएकी छैनन् ।

उनै गायिका श्रेष्ठको अर्को तिज गीत समेत सार्वजनिक हुने तयारीमा रहेको र जसमा आफ्नै छोरीलाई कलाकारका रूपमा स्थान दिएको बताइएको छ । केही दिन भित्रै धराने गायिका श्रेष्ठको अर्को तिज गीत सार्वजनिक हुने समेत बुझिएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved