किन फरफराउँछ आँखा ?

  • प्रकाशित मितिः भदौ, 21, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / हाम्रो समाजमा आँखा फरफराउनुलाई कुनै घटना वा खबरप्राप्तिको पूर्वसंकेतसित जोडने गरिन्छ । दाहिने आँखा फरफरायो भने शुभ, देब्रे फरफरायो भने अशुभ समाचारको सुचकको रुपमा लिने गरिन्छ । तर, यो गलत मान्यता हो ।

आँखा फरफराउनु पुर्णतया हाम्रो जैविक कारण हो । आँखा वरपरका साना मांसपेशी तथा नशामा हुने हलचलकै कारण आँखा फरफराउँछ । प्रायः माथिल्लो ढकनी फरफराउँछ भने कहिलेकाही दुबै ढकनी फरफराउन सक्छ । यो फरफराई केही सेकेण्डदेखि केही घण्टासम्म हुनसक्छ । कसैकसैलाई हप्तादिनसम्म पनि आँखा फरफराउने गर्छ ।

प्रायः आँखा फरफराउनु पीडा तथा भयमुक्त हुन्छ र यसले दृष्टिमा केही असर गर्दैन । केही सेकेण्डमै हराउने यो समस्यालाई कुनै उपचार चाहिदैन । यद्यपी, यो समस्या कारक छ भने पिडितलाई धेरै अप्ठ्यारो पार्नसक्छ ।

आँखा फरफराउनुका कारण
१. ईडियोपेथिक (बिनाकारण)
२. सुख्खा आँखा
३. थकान
४.अनिन्द्रा
५. धुम्रपान, मद्यपान तथा क्याफिन
६. तनाव
७. एलर्जी
८. आँखाको दुखाई
९. पोषकतत्वको कमी र असन्तुलनता
१०. बढि उज्यालो



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved