सुरुङको ढिस्कोले पुरीएर चारजनाको मृत्यु

  • प्रकाशित मितिः असार, 2, 2075
  • पहिलोकिताव संवादताता

संखुवासभा / संखुवासभामा निर्माणाधिन अरुण तेश्रो जलविद्युत आयोजनाको सुरुङ खन्ने क्रममा ढिस्कोले पुरीएर चार कामदारको मृत्यु भएको छ ।

जिल्लाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा ४ जना कामदारको गएराती ज्यान गएको हो ।मृत्यु हुनेमा कालिकोट सिउना गाउँपालिका –४, का प्रदिप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका –१, का प्रेम परियार, भारत झारखण्डका बुधन मुण्डा र भारत बिहारका नन्द किशोरको रहेको डीएसपी श्यामकुमार सारु मगरले बताएका छन् ।

शाही र परियार मजदुर थिए भने मुण्डा अपरेटर र नन्द किशोर इलेक्ट्रोनिक मिस्त्री थिए । मृतकको शव जिल्ला अस्पताल खाँदबारी ल्याउने तयारी भईरहेको डीएसपी मगरले बताएका छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]l.com

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved