९०० मेगावाटको अरुण तेस्रो बनाउन भारतीय कम्पनीलाई लाइसेन्स

  • प्रकाशित मितिः बैशाख , 16, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / सरकारले भारतीय लगानीको कम्पनीलाई अरुण तेस्रो जलविद्युत आयोजनाबाट बिजुली उत्पादन गर्न अनुमति दिने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शनिबार बसेको लगानी बोर्डको बैठले एसजेवीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीलाई २५ वर्षका लागि विद्युत उत्पादनको लाइसेन्स दिने निर्णय गरेको हो ।

बैठकले आयोजना निर्माणका लागि लगानी जुटाउन एसजेवीएनलाई आगामी असोज १२ गतेसम्मलाई म्याद थप समेत गरेको छ । लाइसेन्स नपाउँदै एसजेवीएनले आयोजनाको निर्माण सुरु गरिसकेको थियो । एसजेवीएनले आउँदो ५ वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

उत्पादीत विधुत भारत निकासीका लागि निर्माण हुन लागेको आयोजना निर्माण गर्न १ खर्ब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कुल लगानी मध्ये १ खर्ब ४ अर्ब विद्युत उत्पादन संरचना र ११ अर्ब रुपैयाँ प्रसारणलाइन बनाउन लगानी हुने छ । आयोजनाबाट वार्षिक १९७ मेगावाट बिजुली नेपालले निःशुल्क पाउने छ ।

आयोजना प्रभावित स्थानियबासिन्दालाई १ अर्ब ६० करोड रुपैयाँको सेयर वितरण र मासिक ३० युनिट बिजुली निःशुल्क दिने गरी आयोजना अघि वढाईएको हो । निर्माण अवधी बाहेक आयोजनाको अवधि २५ वर्ष रहेको छ । प्रभावित ६ गाविसमा एसजेवीएनले निःशुल्क विद्युतीकरण समेत गर्नेछ ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved