काठमाडौं/ नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु केन्याले नेपाललाई १७८ रनको चुनौति पेश गरेको छ । युवा खेलाडी सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा केन्याले सामान्य स्कोर बनाएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित ओभरमा ५० ओभरमा ८ विकेटको क्षतिमा १७७ रन बनाएपछि नेपालले सामान्य चुनौति पाएको हो । केन्याका इर्फान करिम बसन्त रेग्मीको बलमा आउट हुनुअघि ४२ रन बनाए । केन्याका लागि एलेक्स ओबान्डाले ४१ रन बनाए ।
त्यस्तै, केन्याका कोलिन्स ओबुयाले २७, नेल्सन ओधियाम्बोले २४ र शम गोचेले २३ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछाने एकलैले ५ विकेट लिएका छन् । निकै किफाती बलिङ गरेका सन्दीपले नेपाललाई राम्रो लयमा ल्याएका थिए । उनले आफ्नो १० ओभरमा ५ मेडन ओभर राख्दै २० रन खर्चेर ५ विकेट लिएका हुन् ।
त्यस्तै, नेपालका लागि बसन्त रेग्मी, सोमपाल कामी र शरद भेषवाकरले समान १–१ विकेट लिए ।
फिदिम / पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सप्तम... ... ...
फिदिम / पाँचथर, फिदिमकी १०१ वर्षीया ज्येष्ठ नागरिक... ... ...
संखुवासभा / प्रदेश प्रहरी कार्यालय विराटनगरको अन... ... ...
काठमाडौँ / माध्यामिक शिक्षा परीक्षा अर्थात सेक... ... ...
काठमाडौँ / प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन व... ... ...
Copyright © 2017 - Pahilopustak.com All rights reserved