केन्याको सामना गर्दै नेपाल

  • प्रकाशित मितिः माघ, 29, 2074
  • पहिलो किताब संवाददाता

आइसीसी विश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गत नेपालले आफ्नो चौथो खेलमा आज(सोमबार) अंक तालिकाको पुछारमा रहेको केन्याको सामना गर्दैछ।

नामिबियाको विन्डहकस्थित वान्डरर्स क्रिकेट मैदानमा खेल दिउँसो सवा १ बजे सुरु हुनेछ। खेल केन्या र नेपाल दुबैका लागि महत्वपूर्ण छ।

तीन खेल खेलेर दुईमा जित र एकमा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रहेको नेपाल केन्याविरुद्ध जित निकाल्दै शीर्ष दुईमा रहने सम्भावना लगभग पक्का गर्न चाहान्छ भने शीर्ष दुईमा रहने सम्भावना जिवितै राख्न केन्यालाई आजको खेल जित्नै पर्नेछ।

दुई खेल खेलेको केन्या दुबैमा पराजित हुँदै ६ टोली सम्मेलित प्रतियोगिताको पुछारमा छ।

केन्यालाई पराजित गरेको खण्डमा नेपालले डिभिजन टु शीर्ष दुई स्थानमा रहँदै विश्वकप छनोट यात्राको सम्भावना बलियो बनाउने छ । यस्तै उच्च श्रेणीको क्रिकेट खेल्न पनि नेपाललाई डिभिजन टु को शिर्ष दुईमा पुग्नु पर्ने हुन्छ । नेपाल केन्यासँग पराजित भए अन्तिम खेलमा क्यानडालाई हराएर अन्य टोलीको नतिजामा समेत भर पर्नु पर्ने हुन्छ । त्यसैले केन्यालाई हराउने योजनामा नेपाल रहनेछ । डिभिजन टु को बिजेता र उपविजेताले विश्वकप छनोटमा स्थान बनाउनेछ ।

पछिल्लो खेलको नतिजा हेर्दा  केन्याको चुनौती पन्छाउन नेपाललाई कठिन हुने देखिन्छ । तर, डिभिजन टुमा केन्याको प्रदर्शन उत्कृष्ट देखिएको छैन । जारी डिभिजन टुमा केन्याले अहिलेसम्म खेलेको दुई खेलमा पराजित भएको छ । 

शनिबार तय भएको केन्या र नामिबियाबीचको खेल भने बर्षाले हुन नसकेपछि मंगलबारलाई सारिएको थियो। नेपालले पहिलो खेलमा आयोजक नामिबियालाई एक रनको झिनो अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानसँग ६ विकेटले पराजित भएको थियो। तेस्रो खेलमा नेपालले आइतबार बलियो प्रतिद्धन्द्धि यूएईलाई पाखा लगाउँदै दोस्रो स्थानमा उक्लिएको हो।

प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीले अर्को महिना जिब्बावेमा हुने एकदिवसीय छनोट खेल्ने मौका पाउनेछ। ५० ओभरको खेलमा पछिल्ला विगत चार खेल हेर्ने हो भने केन्या नेपालमाथि हावी देखिन्छ। चार खेलमा तीन केन्याले र एक नेपालले जितेको छ।

नामिबियामा नै भएको २०१५ को डिभिजन दुईका दुबै खेलमा नेपाललाई केन्याले क्रमशः १५ र ५ विकेटले पराजित गरेको छ। यस्तै त्यसयता विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर मैदानमा भएका दुई खेलमा एकमा नेपालले जित हात पारेको छ भने एक खेल केन्याले जितेको छ।

वर्षाले प्रभावित पहिलो खेल डिएल म्याथडका आधारमा केन्याले ५ विकेटले जितेको थियो भने दोस्रो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो।

यस्तो छ, विगतको परिणाम- 

विश्व क्रिकेट लिग डिभिजन दुई (२०१५)
केन्याः २०८/९
नेपालः १९३/१०
केन्या १५ रनले विजयी

विश्व क्रिकेट लिग डिभिजन दुई (२०१५)
नेपालः १९४/१०
केन्याः १९५/५
केन्या ५ विकेटले विजयी

विश्व क्रिकेट लिग च्याम्पियनसिप (२०१७)
नेपालः ११२/८
केन्याः ९५/५
केन्या डिएल म्याथडका आधारमा ५ विकेटले विजयी

विश्व क्रिकेट लिग च्याम्पियनसिप (२०१७)
केन्याः १५५/१०
नेपालः १६०/३
नेपाल ७ विकेटले विजयी



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved