आर्सनलको लज्जास्पद हार

  • प्रकाशित मितिः माघ, 17, 2074
  • पहिलो किताब संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल पराजित भएको छ । लिगको छैटौं स्थानमा रहेको आर्सनल लिगको पुछारमा रहेको स्वान्सी सिटीसँग ३–१ गोलअन्तरले पराजित भएको हो ।

आफ्नो घरेलु मैदान लिबर्टी रंगशालामा भएको खेलमा आर्सनलमाथि शानदार जित हात पार्दै स्वान्सी लिगको १७ औं स्थानमा समेत उक्लिएको छ । स्वान्सीको जितमा साम क्लुकासले २ र जोर्डन अयवले गोल गरे । यता, आर्सनलका लागि एक मात्र गोल नाचो मोनरियलले गोल गरेका थिए ।

खेलमा सुरुवाती अग्रता भने आर्सनलले बनाएको थियो । खेलको ३३ औं मिनेटमा मोनरियलले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । तर त्यो अग्रता १ मिनेटपछि नै भंग भयो । स्वान्सी सिटीका लागि क्लुकासले गोल गर्दै बराबरीमा पुर्याएका थिए ।

पहिलो हाफ दुबै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । तर दोस्रो हाफमा स्वान्सीले उत्कृष्ट प्रदर्शन गर्दै थप २ गोल गर्न सफल भयो । स्वान्सी सिटीका लागि खेलको ६१औं मिनेटमा जोर्डन अयवले गोल गर्दै २–१ गोलको अग्रता दिलाएका थिए । खेलको ८६औं मिनेटमा क्लुकासले ब्यक्तिगत दोस्रो गोल गर्दै ३–१ गोलको जित दिलाएका हुन् ।

जितपछि १७ औं स्थानमा उक्लिएको स्वान्सी सिटीको २५ खेलबाट २० अंक भएको छ । पराजित आर्सनलको भने २५ खेलबाट ४२ छ । मंगलबार राति नै भएको अर्को खेलमा वेष्टहामले क्रिस्टल प्यालेससँग १–१ गोलको बराबरी खेलेको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved