प्रिमियर लिगमा लिभरपुलको जित

  • प्रकाशित मितिः माघ, 17, 2074
  • पहिलो किताब संवाददाता

एजेन्सी । लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा जित हात पारेको छ । हडर्सफिल्ड क्बल विरुद्ध लिभरपुलले ३–० गोलको जित निकालेको हो । 

मंगलबार राति हडर्सफिल्डको घेरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउनका लागि इम्री क्यान, रोबेर्टो फिर्मिनो र मोहमद सलहले गोल गरे । घरेलु टोली हडर्सफिल्ड लिभरपुलविरुद्ध सुरुवाती देखि नै दबाबमा खेलेको थियो ।

खेलको २६ औं मिनेटमा क्यानले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । एकपछि अर्को आक्रमक खेल खेलेको लिभरपुलले निकै राम्रा गोल गर्ने अवसर निकालेको थियो । पहिलो हाफको अन्तिम समयमा रोबेर्टो फिर्मिनोले गोल गर्दै लिभरपुललाई दोब्बर अग्रतामा पुर्याएका थिए ।

पहिलो हाफमा २–० गोलअन्तरले लिभरपुल अघि रहेको थियो । दोस्रो हाफमा लिभरपुलले थप १ गोल गर्दा हडर्सफिल्डले गोल गर्ने अवसर पाएपनि त्यसको सदुपयोग गर्न सकेन । खेलको ७८ औं मिनेटमा मोहमद सलहले पेनाल्टीबाट गोल गर्दै लिभरपुललाई ३–० गोलको जित दिलाएका हुन् ।

जित हात पारेपनि लिभरपुल लिगको चौथो स्थानमा याथवत रहेको छ । लिभरपुलको २५ खेलबाट ५० अंक भएको छ । पराजित हडर्सफिल्ड भने लिगको १४ औं स्थानमा छ ।

लिगको शीर्ष स्थानमा भने म्यान्चेस्टर सिटी रहेको छ । सिटीको २४ खेलबाट ६५ अंक रहेको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडको समान २४ खेलबाट ५३ अंक रहेको छ । साविक विजेता चेल्सी भने २४ खेलबाट ५० अंक जोड्दै तेस्रो स्थानमा छ । 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved