प्रथम अन्तर्राष्ट्रिय खुल्ला कराते आइतबारबाट

  • प्रकाशित मितिः माघ, 12, 2074
  • पहिलो किताब संवाददाता

काठमाडौं/  प्रथम अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगिता आइतबारबाट सुरु हुने भएको छ । आयोजक अखिल नेपाल खेलकुद महासंघ ललितपुरले शुक्रबार पत्रकार सम्मेलन गर्दै ६ राष्ट्र सम्मलित प्रतियोगिताको बारे जानकारी गराएको हो । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आइतबार  सुरु हुने प्रतियोगितामा ३ दिनेसम्म संचालन हुने छ ।

प्रतियोगितामा नेपालसहित भारत, भुटान,बंगलादेश,पाकिस्तान र श्रीलंकाका खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।प्रतियोगितमा ७० स्वर्ण, ७० रजत र १४० कास्य पदकको लागि प्रतिस्पर्धा हुने छ । कुमुते फाइटतर्फ ५८ स्वर्णको लागि प्रतिस्पर्धा हुँदा कातातर्फ १२  स्वर्णको लागि खेल हुनेछ ।प्रतियोगितामा नेपालसहित कुल ५०० खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ । जसमा उपत्यकाबाट २ सय र उपत्यका बाहिरबाट १ सय गरी नेपालबाट ३ सय खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । त्यस्तै अन्य देशबाट २ सय खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved