कोपा डेल रे फुटबलको क्वाटरफाइनलबाट रियल मड्रिड बाहिरियो

  • प्रकाशित मितिः माघ, 11, 2074
  • पहिलो किताब संवाददाता

एजेन्सी । युरोपियन च्याम्पियन रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलबाट बाहिरिएको छ । क्वाटरफाइनलमा लेगानेससँग अवे गोलको आधारमा पछि पर्दै १९ पटकको बिजेता रियल मड्रिड क्वाटरफाइनलबाट बाहिरिएको हो ।

घरेलु मैदानमा बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा रियल लेगानेससँग २ – १ ले पराजित  भएको थियो ।  पहिलो लेगमा १ – ० को अग्रता बनाएको रियल घरेलु मैदानमा २ – १ ले पराजित भएपछि दुई टोलीबीचको खेल समग्रमा २ – २ को बराबरीमा सकिएको थियो । क्वाटरफाइनल खेल समग्रमा बराबरी भएपछि अवे गोलको आधारमा लेगानेसले सेमिफाइनलमा स्थान बनाएको हो ।

रियललाई उसैको मैदानमा हराउन लेगानेसका जाभियर इरासो र गाब्रियलले समान एक एक गोल गरेका थिए । रियलका क्रिम बेन्जिमाले एक गोल फर्काए ।

सान्टियागो बर्नाबेउमा लेगानेसले खेलको ३२ औं मिनेटमा जाभियरको गोलबाट अग्रता बनाएको थियो । खेलको ४७ औं मिनेटमा बेन्जिमाले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए । तर, ५५ औं मिनेटमा ग्राबियलले गोल गर्दै लेगानेसलाई महत्वपूर्ण २ – १ को जित दिलाए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved