एजेन्सी । साबिकको बिजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा गुईनगाम्पलाई ४ – २ ले हराउँदै पिएसजी प्रतियोगिताको अन्तिम १६ मा पुगेको हो ।
घरेलु मैदानमा भएको खेलमा पिएसजीलाई जित दिलाउन एड्रिन राबिओट, जाभियर पास्टोरे र मार्क्वीनहोसले समान एक एक गोल गरे । पिएसजीले एक गोल आत्मघाती उपहार पाएको थियो । गुईनगाम्पका लुकास डिअक्सले आत्मघाती गोल गरेका थिए । त्यस्तै गुईनगाम्पका मार्कुस थुराम र एनी निग्बाकोटोले एक एक गोल फर्काएका थिए ।
फ्रेन्च कप फुटबल अन्तर्गत नै बुधबार राति मोनाकोलाई ३ – २ ले हराएर लियोनले पनि अन्तिम १६ मा स्थान पक्का गरेको छ । यस्तै ट्रोयस, मेन्ट्स र मोन्टपेलियरले पनि फ्रेन्च कपको अन्तिम १६ मा स्थान बनाएका छन् ।
फिदिम / पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सप्तम... ... ...
फिदिम / पाँचथर, फिदिमकी १०१ वर्षीया ज्येष्ठ नागरिक... ... ...
संखुवासभा / प्रदेश प्रहरी कार्यालय विराटनगरको अन... ... ...
काठमाडौँ / माध्यामिक शिक्षा परीक्षा अर्थात सेक... ... ...
काठमाडौँ / प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन व... ... ...
Copyright © 2017 - Pahilopustak.com All rights reserved