लाजियो लिगको तेस्रो स्थानमा

  • प्रकाशित मितिः माघ, 11, 2074
  • पहिलो किताब संवाददाता

एजेन्सी । इटालियन सिरी ए फुटबलमा लाजियोले सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा लाजियोले उडिनेसलाई ३ – ० ले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा लाजियोको लागि नानी र फिलिपे एन्डरसनले समान एक एक गोल गरे । लाजियोले एक गोल आत्मघाती गोलको उपहार पाएको थियो । उडिनेसका समिरले एक आत्मघाती गोल गरेका थिए ।

यो जितसँगै लाजियोले इन्टर मिलानलाई पछि पार्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ । लाजियोले २१ खेलबाट ४६ अंक जोडेको छ । पराजित उडिनेस २९ अंक जोडेर नवौं स्थानमा छ । लिगको शिर्ष स्थानमा नापोली र दोस्रो स्थानमा युभेन्टस रहेको छ ।

सिरी ए फुटबल अन्तर्गत नै बुधबार राति रोमाले साम्पडोरियासँग १ – १ गोलको बराबरी खेल्दै अंक बाडेको छ । ४१ अंक जोडेको रोमा पाँचौ र ३४ अंक जोडेको साम्पडोरिया छैटौं स्थानमा छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved