बार्यन च्याम्पियन्स लिगको सबैभन्दा ‘आक्रामक’ टिम : पिएसजी र युभेन्टस ‘डिफेन्सिभ’ !

  • प्रकाशित मितिः मंसिर, 27, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी / जारी सिजन युरोपियन च्याम्पियन्स लिग फुटबलमा शानदार लयमा देखिएको जर्मन क्लब बार्यन म्युनिख सबैभन्दा धारिलो आक्रमणपंक्ति भएको टिम बनेको छ । समूह चरणमा उसले गरेको गोल संख्याले यो साबित गर्छ ।

समूह ‘बी’बाट विजेता बनेर अन्तिम १६ मा पुगेको बार्यन यस्तो टिम हो, जसले यो सिजन समूह चरणका सबै खेल मात्रै जितेन, गोलको वर्षा पनि गरायो । उसले ६ खेलमा कूल २४ गोल हान्यो, जुन च्याम्पियन्स लिगको इतिहासमै समूह चरणको दोस्रो सबैभन्दा धेरै गोल संख्या हो ।

यसपटक गोल गर्ने मामिलामा बार्यनलाई स्पेनको बार्सिलोना, रियल मड्रिड, इंग्ल्यान्डको म्यानचेस्टर सिटी वा फ्रान्सको पिएसजी कसैले पनि भेटेटनन् । ६ खेलबाट कूल २४ गोल ठोकेको बार्यनले प्रतिखेल औसतमा ४ गोल गरेको हो ।

बार्यनले सबैभन्दा धेरै गोल गत सिजन फाइनलमा पराजित भएको इंग्लिस क्लब टोटनह्यालमाई नै ७ गोल हान्यो । टोटनह्यामलाई उसकै घरमा ७ गोलको वर्षा गरेको उसले आफ्नो घरमा पनि ३ गोल हान्यो । त्यसपछि बार्यनले क्रेभेना ज्भेज्डालाई पनि एकै खेलमा ६ गोल हान्यो । हेरौं बार्यनको समूह चरणको खेलको नतिजा :

पिएसजी सबैभन्दा उत्कृष्ट रक्षापंक्ति भएको टिम

जारी सिजन च्याम्पियन्स लिगमा समूह चरणको नतिजालाई हेर्ने हो भने पिएसजी सबैभन्दा बलियो रक्षापंक्ति भएको टिम बनेको छ । उसले समूह चरणमा मात्रै २ गोल मात्रै खायो, यो सबैभन्दा थोरै हो । यसै सिजन रियल मड्रिडबाट पिएसजी पुगेका गोलकिपर केलर नाभासको उत्कृष्ट प्रदर्शनको बलमा पिएसजीले ५ खेलमा त ‘क्लिन सिट’ नै राख्यो । उसले रियल मड्रिडको घरमा भएको खेल २–२ को बराबरी खेल्दा मात्रै २ गोल खाँएको थियो । समूह चरणमा पिएसजीले विपक्षीको पोस्टमा कूल १७ गोल गर्दा आफूले भने मात्रै २ गोल खायो ।

त्यसपछि इटालीका क्लब युभेन्टस र नापोली पनि राम्रो रक्षापंक्ति भएका टिम देखिएका छन् । युभेन्टसले समूह चरणमा कूल १२ गोल गर्दा आफूले ४ गोल खायो । नापोलीले पनि ४ गोल मात्रै खायो ।

यता, बार्सिलोनाले यो सिजन पर्याप्त गोल गर्न सकेन । उसले ९ गोल हान्यो भने आफूले ४ गोल खायो, जुन युभेन्टसकै बराबरी हो । त्यस्तै, लिभरपुलले समूह चरणमा धेरै गोल खायो । उसले १३ गोल गर्दा आफूले ८ गोल खायो ।

अंकमा हेर्दा समूह चरणमा सबैभन्दा कम पिएसजीले २ गोल खायो भने युभेन्टस, नापोली र बार्सिलोनाले समान ४–४ गोल खाए ।

 

 

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved