१३ औँ सागकाे समापन सुरु, ५१ स्वर्ण जित्दै नेपाल दाेस्राे

  • प्रकाशित मितिः मंसिर, 24, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौँ/ १० दिनअघि सुरु भएको दक्षिण एसियाली खेलकुद (साग) मंगलबार सकिएकाे छ।

मंसिर १५ गते औपचारिक उद्घाटन भएको सागको समापन समारोह त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएकाे छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा १३ औँ सागको समारोह भइरहेकाे छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गरेकी थिइन्। अस्वस्थताका कारण सागको उद्घाटनमा सहभागि हुन नसकेका प्रधानमन्त्री केपी शर्मा ओलीले एक भिडियो सन्देशमार्फत सागको समापन समारोहमा सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ।
तस्बिर: बर्षा शाह।

मंगलबारै सम्पन्न भएको सागको पुरुषतर्फको फुटबलकाे फाइनल खेल सकिएसँगै सागको समापन समाराेह सुरु भएकाे हाे।

सागको पुरुष फुटबलमा भुटानलाई २–१ गोलले पराजित गर्दै नेपालले स्वर्णपदक हात पारेको छ भने भुटानले रजत पदक जितेको छ।

जारी सागमा उत्कृत्ट प्रदर्शन गर्दै नेपालले ५१ वटा स्वर्णपदक जित्न सफल भयाे। नेपालले ५१ स्वर्ण, ५९ रजत र ९२ कास्यसहित कुल २ सय २ पदक जित्याे। नेपाली पाैडबाज गाैरिका सिंहले एकै सागमा कीर्तिमानी  ४ स्वर्ण जित्दै सनसनी मच्चाइन्। नेपाल प्रतियोगितामा दोस्रो भयो।

१३ औँ सागसम्म आइपुग्दा नेपालको यो हालसम्मकै उत्कृष्ट प्रदर्शन हो। नेपालमै आयोजना भएको आठौँ सागमा नेपालले सर्वाधिक ३१ स्वर्ण जितेको थियो।

प्रतियोगितामा १७१ स्वर्ण, ९२ रजत र ४५ कास्यसहित कुल ३ सय ८ पदक जितकाे भारत पहिलो भयो।

यस्तै ४० स्वर्ण, ८२ रजत र १२६ कास्यसहित २ सय ४८ पदक जितेको श्रीलंका तेस्रो, ३० स्वर्ण, ४० रजत र ५९ कास्यसहित कुल १२९ पदक जितेको पाकिस्तान चौथो, १९ स्वर्ण, ३२ रजत र ८७ कास्यसहित कुल १३८ पदक जितेको बंगलादेश पाँचौँ भएको छ।

यसैगरी १ स्वर्ण र ३ कास्यसहित कुल ४ पदक जितेको माल्दिभ्स छैटौँ र ७ रजत र १३ कास्यसहित कुल २० स्वर्ण जितेको भुटान सातौँ स्थानमा रह्यो।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved