नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सदस्य डिलप्रसाद शर्माको निधन

  • प्रकाशित मितिः कार्तिक, 28, 2076
  • पहिलो किताब संवाददाता

 काठमाण्डौँ / नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सदस्य डिलप्रसाद शर्माको निधन भएको छ । उपचारको क्रममा काठमाण्डुको नयाँबानेश्वरस्थित सिभल अस्पतालमा २३ वर्षको उमेरमा निधन भएको छ । बोनम्यारोमा समस्या आई चार महिनाअगाडि अस्पताल भर्ना भएका पत्रकार शर्माको बोनम्यारो ट्रान्सप्लान्टका क्रममा बिहीवार निधन भएको हो ।

विगत ६ वर्षदेखि सुर्खेतमा रहेर पत्रकारिता गरिरहेका शर्मा पछिल्लो समय साझा विसौनी दैनिक र देश सञ्चार अनलाईनमा कार्यरत थिए । उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको महासंघले जनाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved