बाबुरामको मध्यमार्गी प्रस्ताव, समाजवादी पार्टी सरकारको हिस्सा बनिरहने

  • प्रकाशित मितिः कार्तिक, 28, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं । समाजवादी पार्टीले तत्काल सरकार नछोड्ने भएको छ । तत्कालिन नयाँ शक्ति पार्टी र संघीय समाजवादी पार्टीबीच एकिकरण पश्चात बनेको समाजवादी पार्टीको बिहीबार बसेको पहिलो संघीय परिषद् बैठकले सरकार नछोड्ने निर्णय गरेको हो ।

विगत केहि समयदेखी समाजवादी पार्टीमा अध्यक्ष डा. बाबुराम भट्टराई खेमाले सरकार छाड्नु पर्ने विचार मिडियामा चुहाएको थियो । हाल सरकारमा सहभागी मन्त्रीहरु भने, तत्काल सरकार नछाड्ने पक्षमा रहेका थिए । आजको बैठकमा डा. बाबुराम भट्टराइले लगेको मध्यमार्गी प्रस्ताव अनुसार केहि समय सत्तारुढ दललाई कुर्ने र संविधान संशोधनको लागि दबाब दिने नीति लिएसँगै तत्कालको लागि संकट टरेको हो ।
केहि समयदेखी समाजवादी पार्टी र राजपाबीच एकता प्रकृया चलिरहेको समयमा सरकारबाट समाजवादी पार्टी बाहिरीदा राजपासँगको एकता भाडिन सक्ने आशंकाको कारण डा. भट्टराईले मध्यमार्गी प्रस्ताव ल्याएको मानिएको छ ।

सत्तारुढ दलले केहि समयदेखी मन्त्रीपरिषद पूर्नगठनमा समाजवादी पार्टीको पहिलो संघीय परिषद् बैठकमा हुने निर्णयलाई पर्खदैं आएको थियो । समाजवादी पार्टी सरकारबाट हटेको खण्डमा राजपालाई सत्तारुढदलले सरकारमा सहभागी गराउने सम्भावना देखिनासाथ समाजवादी पार्टीले मध्यमार्गी प्रस्ताव पारित गर्न बाध्य भएको हो । यस सँगै एकाध दिन भित्रैमा मन्त्रीपरिषद पूर्नगठन हुने मानिएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved