तिहार प्रकृतिका विभिन्न पक्षको सन्तुलनको पर्व - ओली

  • प्रकाशित मितिः कार्तिक, 10, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले तिहारलाई प्रकृतिका विभिन्न पक्षको सन्तुलनको पर्व भएको बताएका छन् ।

तिहार अर्थात दीपावलीका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएको हो । प्रधानमन्त्री ओलीले तिहारमा मानवका अतिरिक्त विभिन्न जनावरको समेत पुजाआजा गरिने भएकोले यसलाई प्रकृतिका विभिन्न पक्षको सन्तुलन र आत्मसम्मान कायम गरेको उल्लेख गरेका छन्। “तिहार प्रकृतिसँग मिलेको, पशुपंक्षीसँग मिलेको, कागको पूजा गरिने, कुकुरको पूजा, लक्ष्मीको पूजा, गोरुको पूजा अथवा यस्ता पूजा पनि गरिन्छन्” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ, “प्रकृतिका विभिन्न पक्षहरु बीचको सन्तुलन समेत यस पर्वमा प्रतिबिम्वित हुन्छ ।”

प्रधानमन्त्री ओलीले तिहारलाई विभिन्न कोणबाट हेर्न सकिने बताएका छन् । “यो चाड उज्यालोको चाड यसलाई दीपावली पनि भनिन्छ । दीप अर्थात बत्तीहरु बालेर, उज्यालोको प्रतिक बत्ती बालेर चाड मनाउने गरिन्छ । यस चाडमा सयपत्री, मखमली र अरु विभिन्न पूmलहरु सबैभन्दा धेरै प्रयोग हुने चाड हो । यसैगरी परिवारका सदस्यहरुको खासगरी दिदीभाइ–दाजुबहिनीहरुको मिलनको चाड पनि हो” प्रधानमन्त्री ओलीले भनेका छन् “तिहारलाई उज्यालोको चाड, फूलको अथवा मिलनको चाडको रुपमा समेत लिन सकिन्छ ।”

सन्देशमा प्रधानमन्त्री ओलीले तिहारको उपलक्ष्यमा देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइको सुस्वास्थ्य, सुख–समृद्धि र सफलताका लागि शुभकामना व्यक्त गरेका छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved