काठमाडौं / नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज पनि गिरावट आएको छ । यस दिन नेप्से ५ दशमलव १७ अंकले गिरावट हुँदै १२२५ दशमलव ९० अंकमा झरेको छ । बुधबार कुल १६९ कम्पनीको १० लाख ६९ हजार ६९० कित्ता शेयर २५ करोड ७२ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको छ । कारोबार रकम विगतको तुलनामा न्यून हो । नेप्सेमा सूचीकृत कम्पनीले धमाधम अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरिरहेको भए पनि लगानीकर्ताहरु आकर्षित हुन सकेका छैनन् ।
नेप्सेमा सबैभन्दा बढी नेपाल बैंकको शेयर कारोबार भएको छ । यस कम्पनीको मात्रै २ करोड १० रुपैयाँभन्दा बढीको कारोबार भएको छ । समग्र परिसूचकमा गिरावट आएको दिन विजय लघुवित्त कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य ४ दशमलव २६ प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै एनएलजी इन्स्यनेरेन्स कम्पनीको शेयर मूल्य २ दशमलव ५३ प्रतिशतले वृद्धि भएको छ । तर, वल्र्ड मर्चेन्ट बैंकिङ एइन्ड फाइनानस कम्पनीका लगानीकर्ताले भने सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले गिरावट आएको छ । यस दिन कारोबारमा आएको उपसमूहमध्ये लघुवित्त समूहबाहेक सबै समूहमा गिरावट आएको यो समूह पनि शून्य दशमलव १४ अंकले मात्रै बढेको नेप्सेले जनाएको छ ।
फिदिम / पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सप्तम... ... ...
फिदिम / पाँचथर, फिदिमकी १०१ वर्षीया ज्येष्ठ नागरिक... ... ...
संखुवासभा / प्रदेश प्रहरी कार्यालय विराटनगरको अन... ... ...
काठमाडौँ / माध्यामिक शिक्षा परीक्षा अर्थात सेक... ... ...
काठमाडौँ / प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन व... ... ...
Copyright © 2017 - Pahilopustak.com All rights reserved