वीरगन्ज / प्रहरीलाई घुस दिन आएका कुखुरा चल्ला व्यापारीलाई इलाका प्रहरी कार्यालय जीतपुरले नियन्त्रणमा लिएको छ । मंगलबार राति करिब ८ बजेको समयमा प्रहरी कार्यालय पुगेका वीरगन्ज महानगरपालिका–२२ मनियारी निवासी उपेन्द्र यादवले प्रहरीलाई चल्लाको कारोबारमा अवरोध नपुर्याइदिन भन्दै १० हजार रुपैयाँ दिएका थिए ।
कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक सागर सम्शेर राणाले यादवलाई नगद रुपैयाँ सहित नियन्त्रणमा लिएको जनाए । यादवलाई हिरासतमा राखी थप अनुसन्धान थालिएको छ ।अवैध कारोबार निर्वाध रुपले गर्नका लागि कारोबारीले प्रहरीलाई निश्चित रकम बुझाएपछि प्रहरीको मौनतालाई लाइन खुलेको मानिन्छ । बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले प्रहरीलाई पैसाले प्रभाव पार्न खोज्ने चल्ला कारोबारी उपेन्द्र यादवलाई नियन्त्रणमा लिएको बताए ।
तपाईहरुले पैसा नलिएपनि अरुले लिइ हाल्छन्, हामी अर्कै तरिकाले पनि कारोबार गर्न सक्छौ,’ यादवको भनाइ उद्धृत गर्दै एसपी भट्टराईले भने, ‘पैसा नलिएपछि यादवले अभद्र व्यवहार समेत प्रदर्शन गरेका छन् । नेपालमा कुखुराको चल्लाको मूल्य बढी पर्ने भएकाले कारोबारीले भारतीय चल्ला भित्र्याउने गरेका छन् । भारतीय कुखुरा र चल्ला नेपाल आयातमा प्रतिबन्ध लागेको भएपनि कारोबारीले सीमामा खटिएका प्रहरीको मिलेमतोमा सजिलै भित्र्याउने गरेका छन् ।
भारतीय बजारबाट साइकल र मोटरसाइकलमा भित्र्याइएका चल्ला वीरगन्ज र आसपासका क्षेत्रबाट पिकअप गाडीमा लोड गरी विभिन्न सहरमा पुर्याउने गरिएको छ । एक कारोबारीका अनुसार भारतीय ब्रोइलर कुखुराको मूल्य भारतमा २४ रुपैयाँ देखि ४० रुपैयाँसम्म पर्छ । त्यही चल्ला नेपालमा ल्याउँदा ७० रुपैयाँमा बिक्री हुन्छ । यसैगरी लोहाटन प्रजातिका चल्ला भारतमा ४८ रुपैयाँ पर्छ,’ ती कारोबारीले भने, ‘लोहटनको चल्ला नेपालमा ८५ रुपैयाँमा बिक्री हुन्छ ।
लोकल कुखुरा जस्तै देखिने लोहटन कुखुरा नेपालमा कम पाइने भएकाले मूल्य बढी पर्छ । पिक अप गाडीको एक खेपमा कारोबारीले खर्च कटाएर दुई लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । त्रिभुवन राजमार्गको वीरगन्ज–पथलैया सडक खण्ड अन्तर्गत पर्ने जीतपुर प्रहरी चौकी भारतीय सिमानाबाट करिब २५ किलोमिटरको दूरिमा छ ।
जीतपुर प्रहरी चौकी राजमार्गमा पर्ने बारा प्रहरीको पहिलो चेक पोस्ट हो । त्यहाँसम्म पुग्न पर्सा प्रहरीको आधा दर्जन चेक पोस्ट पार गर्नुपर्छ । सम्बन्ध स्रोतका अनुसार पर्सा प्रहरीबाट लाइन पाइसकेपछि यादव बारा पुगेका थिए ।
फिदिम / पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सप्तम... ... ...
फिदिम / पाँचथर, फिदिमकी १०१ वर्षीया ज्येष्ठ नागरिक... ... ...
संखुवासभा / प्रदेश प्रहरी कार्यालय विराटनगरको अन... ... ...
काठमाडौँ / माध्यामिक शिक्षा परीक्षा अर्थात सेक... ... ...
काठमाडौँ / प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन व... ... ...
Copyright © 2017 - Pahilopustak.com All rights reserved