झापा फाइनलमा प्रवेश

  • प्रकाशित मितिः पुष, 28, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / झापा पाँचथरको फिदिममा जारी १० औँ अन्तर्राष्ट्रिय आमन्त्रण रुसलान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा सरस्वती युथ क्लब काठमाडौँलाई १–० गोल अन्तरले पराजित गर्दे अन्तिम दुईको यात्रा तय गरेको हो । झापालाई जिताउन क्याप्टेन कर्ण लिम्बूले खेलको ५३ औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । झापाका दिलेन लोक्ताम म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिताअन्तर्गत शनिबार हुने दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लब र रोयल एफसी दार्जिलिङबीच प्रतिस्पर्धा हुनेछ । यही पुस ३० गतेसम्म हुने प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved