सौतासौता बिच झगडा हुँदा श्रीमान् द्धारा जेठी श्रीमतीको हत्या

  • प्रकाशित मितिः मंसिर, 5, 2075
  • पहिलो किताब संवाददाता

पाँचथर / पाँचथरका एक व्यक्तिले आँफ्नै श्रीमतीको हत्या गरेका छन् । फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपमा श्रीमानले श्रीमतीको हत्या गरेका हुन् । उनले धारिलो खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ । जेठी र कान्छी श्रीमतीबीच झगडा भएपछि उनले जेठी श्रीमतीको हत्या गरेका हुन् ।

प्रहरीका अनुसार जेठी र कान्छी श्रीमतीबीच झगडा हुँदा नरबहादुर चेम्जोङले ४४ वर्षीया जेठी श्रीमती इन्द्रमाया चेम्जोङको हत्या गरेका हुन् । मंगलबार साँझ दुई श्रीमतीबीच झगडा भएको र नरबहादुरले जेठी श्रीमतीको घाँटि र टाउकोमा खुकुरीले प्रहार गर्दा घटनास्थलमै ज्यान गएको प्रहरीले बताएको छ ।

हत्या गरेर फरार भएका नरबहादुरलाई राति नै प्रहरीले पक्राउ गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय पाँचथरमा राखिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको पाँचथर प्रहरीले जनाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved