विराटनगरका ३२ घरमा पाइपलाइन ग्याँस उद्‌घाटन गरे ओलीले

  • प्रकाशित मितिः भदौ, 5, 2075
  • पहिलो किताब संवाददाता

विराटनगर / प्रधानमन्त्री केपी शर्मा ओलीले आज विराटनगरमा घरघरै पुगेर बायोग्यास प्लानटको उद्घाटन गरेका छन्।

विराटनगर–१४ जतुवास्थित श्रीकृष्ण गौशालामा गोबर ग्यासप्लान्ट स्थापना गरी वरिपरिका ३२ घरमा पाइपबाट ग्यास वितरणको व्यवस्था मिलाइएपछि प्रधानमन्त्री ओलीले त्यसको उदघाटन गरे।

बिश्व बैंकको सहयोगमा वैल्पिक ऊर्जा केन्द्र र विराटनगर महानगरपालिकाको सहयोगमा करिब १ करोड ५० लाख रुपैयाँ लगानीमा प्लान्ट स्थापना गरिएको हो । ग्यास प्लान्ट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ‘काँधमा सिलिन्डर बोकेर कुद्नुपर्ने अवस्थाको अन्य हुने’ बताए ।

‘३२ परिवारले सिलिन्डर बोकेर अब काँध दुखाउनु पर्दैन,’ उनले भने, ‘छोटो समयभित्र अरु ४८ घरमा ग्यासका पाइप पुग्दैछ।’ बायोग्यास प्लान्ट विराटनगर मात्र नभई स्याङ्जा, तनहुँ, कास्की लगायतका जिल्लामा पनि तयारी भइरहेको जानकारी दिए।

फोहरलाई समस्या बन्न नदिई सम्पत्तिको रुपमा बदल्नु पर्ने प्रधानमन्त्री ओलीले तर्क गरे। उत्पादन, रोजगारी, आत्मनिर्भरता बढाउने कुरामा लगानी गर्न समेत मुलुकको समृद्धि सहज रहेको भन्दै उनले यी कुरामा लगानी गर्न उद्योगीरव्यवसायीलाई आग्रह गरे । ओलीले राष्ट्र निमार्णको संकल्प बोकेर अगाडि बढनुपर्नेमा जोड दिए।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved