विश्वकपमा सट्टेबाज घाटामा, रकम नपाउनेहरु बोल्दैनन्

  • प्रकाशित मितिः असार, 14, 2075
  • नवराज कट्टेल

विराटनगर / २१ औं संस्करणको विश्वकप रसियामा जारी हुँदा विराटनगरमा घाटाको सट्टेबाज बुक्की कारोबार भएको छ । छनौट चरणका खेल सकिदैं गर्दासम्म देखिएका परिणामले यस पटक शक्तिशाली देशका राष्ट्रिय फुटबल टिमको नतिजाले सट्टेबाजलाई समेत हैरान पारेको छ ।

जीत्ने जस्तो देखिएका देशको पक्षमा भन्दा हार्ने जस्तो ठानिएका देशको पक्षमा राखिने दाउ बलियो हुँदा बुक्की सञ्चालक घाटामा देखिएपछि रकम नपाउने तनाव सुरु भएपनि त्यसको सुनुवाईका लागि कानुनी बाटो अपनाउन हिच्किचाउनु पर्ने अवस्था छ ।

गत असार ५ गते कोलम्बिया भर्सेज जापानको खेलमध्ये जापान पक्षमा लगाइएको दाउ दशगुणा बढी कायम गरिएको थियो । ‘च्याँखे÷बिट’ थाप्नेहरुले एक हजार जापानको पक्षमा बोल्दा दश हजार पाउने सट्टेबाजहरुको दलाली भएको थियो ।

त्यो कारोबारमा विराटनगरमा हंसु जैन र अशोक दाँतेदेखि पिचरामा रहेको एउटा बुक्कीले सबैभन्दा बढी रकम भुक्तानी गर्नु परेको थियो । च्याँखे थापेर एकको दश पाउनेले हार्ने भनिएका टिमको पक्षमा नतिजा निस्कने भन्दै ‘एकको दश’ बाजी मार्दै आएका छन् ।

असार १३ गते राती भएको जर्मन भर्सेज उत्तर कोरियाबीचको फुटबलमा जर्मनले जित्ने र जर्मनले हार्ने दुवै पक्षमा बाजी थियो । बुक्की सञ्चालकले जर्मनले जित्नेको भन्दा हार्नेको पक्षमा बढी गुणा रकम कबुलेपछि एक हजारदेखि ५० हजारसम्म रकमको ‘च्याँखे÷बिट’ मा बोलिएको थियो । यस्तो अवस्थामा एक हजारको दश हजार र ५० हजारको रकमको सिमा धेरै हुँदा बिहीबार विराटनगरमा दिनभर यसैको चर्चा चुलिएको थियो ।

महानगरीय अपराध अनुसन्धान महाशाखाले भारतीय नागरिक नथमल अग्रवाल (नागराज) लाई काठमाण्डौंबाट नियन्त्रणमा लिएको खबरले हच्किएका बुक्कीवालाहरु अहिले पनि आफ्नो काम भने गरिरहेकै छन् ।
तीनवर्ष अगाडीदेखि चर्चामा रहेका नागराजको दाउद इम्ब्राहिमसँगको सम्पर्क र नागराजसँग विराटनगर, धरान, इटहरी र काठमाण्डौंका बुक्किवालाको सम्पर्कका कारण यो सञ्जालमा संलग्नहरु नियन्त्रणमा पर्नसक्ने डर बुक्कीवालाहरुलाई छ ।

अवैध मानिने बुक्कीमा संलग्न रहेका अनिल बाहेती तीनवर्ष अगाडीदेखि नै भारतमा भासिएका छन् । दशवर्ष अगाडीसम्म बुक्की चलाउँदै आएका चुन्नु राठी भने अहिले संलग्नै नरहेको बताउँछन् । ‘दशवर्ष अगाडीसम्म अलि–अलि रकम बोल्थे, अहिले घरपरिवारको दवावका कारण छोडे’ राठीले भने–अब कानुनी व्यवसायीमा लागिसकेको छु ।

विराटनगरमा बुक्कीसहित पक्राउ परेका हंसु जैन, दिनेश चौवरडिया र अशोक दाँते (जैन) को बुक्की अहिले पनि छ । ठाकुरवाडी रोडका कमलेश अग्रवाल र मुन्नाको बुक्की पनि अहिले चालु अवस्थामै छ । लोकमान लोहियाले व्यक्ति सम्पर्क गराउने र त्यस वापत कमिसन लिनेदेखि दाउ लगाउने काम गर्दै आएका छन् ।

उनीहरुमध्ये हंसु जैन, अशोक दाँते र कमलेश अग्रवालको सम्पर्क नागराजसँग बारम्बार हुने भनिएपनि नागराजले विराटनगरबाट भारत भासिएका अनिल वाहेतीलाई विराटनगरका लागि सम्पर्क प्रतिनिधि तोकेका छन् । उनले भारतमै बसेर विराटनगरका लागि सम्पर्क अधिकारीको रुपमा काम गर्दै आएको खुलेको छ ।

प्रमाणसहित पक्राउ गर्न नसक्दा कारवाही चलाउन नसकीने भयमा स्थानीय प्रशासनले भित्री खोज गरेको छैन । तर, उनीहरुको अवैध कारोबारलाई फोनमा गरिने ट्यापिङ्ग बारे निगरानी भने गरिरहेको दावी छ । बुक्की तथा अन्य जुवाजन्य कारोबार चलाएर व्यवसायीक कारोबारमा लागेकाहरुले समेत त्यसको प्रमाण फेला पार्न असजिलो नहुने तर्क गर्छन् ।

प्रशासनमा ठगी भएपनि कानुनी आधारमा आफैं गैरुकानुनी धन्दामा संलग्न ठहर हुने भएका कारण कोहि सम्पर्कमा पुग्दैनन् । तर, एकाध प्रहरीको सहयोगमा बाजी मारिएको रकम पनि उठ्ने गरेको छ । विराटनगर पिचरामा सञ्चालित एक बुक्किका सञ्चालकले केहिदिन अगाडी प्रहरीकै सहयोगमा एकजना ‘च्याँखे÷बिट’ मारासँग रकम असुल्न सहयोग गरेको भनिएपनि प्रहरी को हुन् खुलेको छैन ।

यस्तो बुकी मारवाडी समुदायका यूवाले मात्रै चलाउँछन् भन्ने मात्रै पनि छैन । मोरङ उर्लावारी नगरपालिका–५ को एरोमा होटलमा असार ८ गते बिशाल तामाङलाई फुटबलमै भएको विवादमा उर्लावारी–६ बाट निर्वाचित वडा सदस्य सचिन शाक्यले छुरा प्रहार गरेर फरार रहेका छन् । उनको खोजी भईरहेको छ ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved