‘गोल अफ किङ’ चौधरीको नयाँ टिम बनाउने सपना

  • प्रकाशित मितिः जेठ, 19, 2075
  • नवराज कट्टेल

विराटनगर / एक समय नेपाली फुटबलको राष्ट्रिय टीममा ‘गोल अफ किङ’ नामले परिचित देवनारायण चौधरीका लागि अहिले फुटबल हातले समाउने वस्तुजस्तै बनेको छ । पन्ध्रवर्ष राष्ट्रिय टीमको खेलााडीको रुपमा खेल खेल्नदेखि सन् १९९९ मा नेपालमा भएको साफ गेमको फाइनलमा क्याप्टेनको भूमिका चौधरीले नै निभाएका थिए ।

विद्यालय छोडेर फुटबल खेलाडीमा विकास भएका चौधरीलाई विद्यालयसँगै फुटबल नखेल्दाको अलिअलि पीडा अहिले झस्कन्छ । चानचुन २५ वर्षे फुटबल खेलाडीको सफल चर्चामा रहेका उनी अहिले भने फुटबलसँग बेखबर नै छन् । तर, दर्शकको रुपमा उनीमा फुटबलको मज्जा लिने बानी खेलमै सहभागि भएजस्तो लाग्ने गरेको सुनाउँछन् ।

फुटबलपछि अमेरिकालाई कर्मथलो बनाई रहेका उनी समय मिल्दा नेपालमा भेटिन्छन् । मोरङ घर मात्रै नभई फुटबलको प्रारम्भिक थलो भएका कारण चौधरीले बिर्सन सकेका छैनन् ।

फुटबललाई जीवन सम्झने चौधरीका लागि फुटबल नै सहारा भने बनेको छैन । कारण थियो; पढ्दै खेल्दै नगर्नुको । अध्ययन नहुँदा फुटबलका अवसर गुमाउनु परेको पीडा महशुस गरेका चौधरीलाई विराटनगरस्थित शहिद रंगशालाको फुटबलले नेपाल प्रहरीसँग जोडेको थियो ।

महेन्द्र गोल्डकप भईरहेको बखत २०४४ सालमा नेपाल प्रहरीबाट खेल खेलेका उनले जवानदेखि नायव निरीक्षकसम्मको पदमा रहेर फुटबल खेलकै माध्यमले सेवा प्रदान गरेको स्मरण गर्छन् । प्रहरीमै रहेर २१ वर्ष फुटबलको खेलाडी बनेका थिए चौधरी ।

एघार वर्ष अगाडी सन् २००७ मा राष्ट्रिय टीमबाट सन्यास लिएको आउँदो वर्ष उनले प्रहरीको जागिर छोडेको सनाए । त्यहि वर्षदेखि अमेरिकाको सिकागोमा बस्दै आएका उनले बिदामा नेपालीमुलका ७२ जना बालबालिकालाई फुटवल खेल सिकाउने गरेको दावी गरे । तर, नेपालमै आएर खेलमा समर्पित हुने लक्ष्य पूरा गर्ने चाहना पनि उतिकै छ चौधरीको । ‘अग्रज खेलाडीहरु पारस माझी, प्रदिप खवासहरुसंग सल्लाह गरिरहेको छु’ जिल्ला अदालत मोरङ परिसरमा अर्पझट भेटिएका चौधरीले भने–नपढेर गल्ती गरेछु, नभए त प्राविधिक बन्ने थिएँ ।

प्रहरी टीममा रहँदा समेत विदेशी टीमबाट खलेका चौधरीको फुटबल इतिहास प्रभाव राख्ने नै थियो । सन् १९९३ मा मलेसियाको पर्लिस क्लवबाट त्यहाँको लिग खेल्दा सबै भन्दा बढी १२ गोल गरेर उत्कृष्ट खेलाडी बनेका थिए । सन् १९९६ मा इष्ट बंगाल क्लव कलकत्ताबाट ३ वर्ष उनले फुटवल खलेका थिए । सन् २००० मा बारी क्लव वंगलादेशबाट, २००२ मा मोर्डन स्पोर्टीङ् क्लव कलकत्ताबाट उनले ४ खेल साफ च्याम्पीयनशिपमा राष्ट्रिय टीममा खेलेका थिए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved