साउथह्याम्पटनविरुद्ध लिभरपुलको जित

  • प्रकाशित मितिः माघ, 29, 2074
  • पहिलो किताब संवाददाता

इंग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले रेलिगेसन जोनको साउथह्याम्पटनलाई २ – ० ले हराएको हो ।

साउथह्याम्पटनलाई उसैको मैदानमा हराउने क्रममा लिभरपुलका रोबर्टो फिर्मिन्हो र मोहमद सलाहले समान एक एक गोल गरे । लिभरपुलले दुवै गोल पहिलो हाफमा गरेको थियो । यो जितसँगै लिभरपुल लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

सेन्ट मेरी स्टेडियममा फिर्मिन्होले छैटौं मिनेटमा गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए । खेलको ४२ औं मिनेटमा सलाहले गोल गरेपछि पहिलो हाफमा लिभरपुल २ – ० ले अघि रह्यो । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेन र खेल लिभरपुलले २ – ० ले आफ्नो बनायो ।

जितपछि लिभरपुलले २७ खेलबाट ५४ अंक जोडेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडभन्दा २ अंकले पछि रहेको छ । यस्तै तेस्रो स्थानको टोटनह्यामभन्दा पनि २ अंकले नै अघि छ ।  २६ अंक जोडेको साउथह्याम्पटन पुछारबाट तेस्रो स्थानमा छ । लिगमा ७२ अंक जोडेर म्यानचेस्टर सिटी शीर्ष स्थानमा रहेको छ ।

- एजेन्सी 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved