पत्नि ऋतिक रोशनको फ्यान हुँदा गयो पति पत्निकै ज्यान

  • प्रकाशित मितिः कार्तिक, 26, 2076
  • पहिलो किताब संवाददाता

 एजेन्सी /अमेरिकामा एक भारतीय मुलका ३३ वर्षीया व्यक्तिले आफ्नै श्रीमतिलाई चक्कु हानी हत्या गर्दै आफुँ पनि आत्महत्या गरेका छन् । अन्तराष्ट्रिय मिडियाले जनाएअनुसार पत्नि अभिनेता ऋतिक रोशनको फ्यान भएकै कारण हत्याको घटना घटेको हो । पत्निले रोशनलाई मन पराएकै कारण हत्या गरेको बताइएको छ ।

अमेरिकाको द न्यूयोर्क पोष्टले ऋतिक रोशनकै कारण दुवैको ज्यान गएको दाबी गर्दै समाचार छापेको छ । दुईबीच चार महिना पहिला गत जुलाईमा मात्रै विवाह भएको थियो ।

हत्यापश्चात पत्नीको बहिनीलाई जानकारी गराएको

पत्नी डोने डोज्वॉयकाे हत्या गरेलगत्तै आरोपित दिनेश्वर बुद्धिदतले पत्नीको बहिनीलाई म्यासेज गरि जानकारी गराएका थिए । त्यसको लगत्तै उनी आफुँले पनि आत्महत्या गरेको बताइएको छ । न्यूर्योकस्थित क्वींस होम निवासी भारतीय मुलका दिनेश्वरले पत्निको हत्या गरे लगत्तै हावर्डको एक मैदानमा रुखमा झुण्डिएर आत्महत्या गरेका थिए ।

पत्नीलाई ऋतिकको फिल्म हेर्न बन्देज

जनाइएअनुसार आरोपित दिनेश्वरले आफ्नी पत्नीलाई अभिनेता ऋतिक रोशनको फिल्म हेर्न बन्देज लगाएका थिए । उनको घरको टिभिमा ऋतिकको फिल्म हेर्न मनाही थियो । यसअघि २१ अगस्टमा फिल्म हेरेकै कारण श्रीमतिमाथि कुटपिट गरेपछि प्रहरीले पक्राउ गरि लगेको समेत जनाइएको छ ।

ऋतिकलाई मनपराउँदा जल्ने

मिडियाले जनाएअनुसार डोने एकदमै सुन्दर थिईन् । दिनेश्वर आफ्नी डोनेलाई माया पनि धेरै गर्दथ्यो तर उ ऋतिकको फ्यान भएको उसलाई खुबै मनपर्दैनथ्यो । उ ऋतिकको फ्यान भएको कुरामा निकै जल्ने गर्दथ्यो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved