प्रहरी चौकीमा बम प्रहार, बम प्रहार गर्ने एक भारतीय पक्राउ

  • प्रकाशित मितिः कार्तिक, 26, 2076
  • पहिलो किताब संवाददाता

रौतहड । रौतहडको मटिया प्रहरी चौकीमा बम प्रहार भएको छ । बम प्रहारबाट एक प्रहरी घाइते भएका छन । घाइते हुनेमा प्रहरी जवान रञ्जित यादव रहेका छन्  ।

घाइते प्रहरीलाई उपचारको लागि गौर ल्याउने तयारी भएको जनाइएको छ ।  बीआर०५एच६५०९ मा  नम्बरकाे  भारतीय मोटरसाइकलमा आएका दुई भारतीयले बम प्रहार गरेको प्रहरीले जनाएको छ ।

बम प्रहार गर्ने भारत बिहारको ढाका भन्ने स्थानका चन्दन कुमार  माेटरसाइकल सहित पक्राउ परेका छन । केहि दिन अघि मात्रै उक्त क्षेत्रमा भारतीय मोटरसाइलमा आएका व्यक्तिले गोली प्रहार गर्दा एक जनाको मृत्यु भएको थियो । प्रहरी चौकीमा बम प्रहार हुनुले सुरक्षा चुनौती देखा परेको रौतहटका प्रहरी नायव उपरिक्षक नबिन कार्कीले जनाएका छन ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको एक टोली घटनास्थल गइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा संग्लग्न व्यक्ति नै पक्राउ परेकाले घटनाको बारेमा छिट्टै जानकारी हुने प्रहरीले जनाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved