लता मंगेशकर गम्भीर बिरामी, आईसीयूमा भर्ना

  • प्रकाशित मितिः कार्तिक, 26, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी  / गम्भीर बिरामी भएपछि स्वर कोकिला लता मंगेशकरलाई अस्पताल भर्ना गरिएको छ । टाउकोमा इन्फेक्शन देखिएपछि उनलाई मुम्बईको ब्रीच कैन्डी अस्पतालमा भर्ना गरिएको हो ।

लता मंगेशकरका तर्फबाट अनुशा श्रीनिवासनले एक सूचना जारी गर्दै भनेकी छन्, ‘लता जीको टाउकोमा भाइरल इन्फेक्शनको समस्या थियो । उनको उमेरको समेत ख्याल गरेर ब्रीच कैन्डी अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्यको अवस्था स्थिर छ र सुधार भइरहेको छ ।’

समाचार एजेन्सी पीटीआईका अनुसार लतालाई शोमबार दिउँसो २ बजे अस्पताल भर्ना गरिएको थियो । उनको अवस्था गम्भीर भएपछि आईसीयूमा राखेर उपचार गरिएको थियो ।

दिनभरको उपचारपछि घरमै राखेर उपचार गर्न सकिने सल्लाह चिकित्सकले दिएका कारण लतालाई शोमबार साँझ उनको निवास फर्काइएको छ ।

भारत रत्न र दादा साहब फाल्के जस्ता सम्मानबाट सम्मानित लता मंगेशकर भारतीय सिनेमा जगतकी सर्वश्रेष्ठ गायिका मानिन्छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved