सामुदायिक वनको डढेलो गाउँ पसेर घरमा आगलागी

  • प्रकाशित मितिः चैत्र, 5, 2075
  • पहिलो किताब संवाददाता

तेह्रथुम / सामुदायिक वनमा लागेको डढेलो गाउँ पसेर तेह्रथुममा एक जनाको घर आगलागी भएको छ।

फेदाप गाउँपालिका–३, जलजलेस्थित मार्से सामुदायिक जंगलमा लागेको आगोले स्थानीय डोलेश्वर ढुंगानाको घर जलेको हो। आगलागीमा १६ लाख ८१ हजार मूल्य बराबरको क्षति भएको छ।

आगलागीबाट अन्नपात, लत्ताकपडा, भाडावर्तन र काठपातसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय तेह्रथुम, प्रहरी चौकी पोक्लावाङ, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको छ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved