युवतिको हत्या प्रयास ,घाँटी रेटिएकी युवतिको बीपी प्रतिष्ठानमा उपचार हुदैं

  • प्रकाशित मितिः पुष, 2, 2075
  • पहिलो किताब संवाददाता

तेह्रथुम / छँथर गाउपालिकाको मार्गापोखरी स्थित जंगल क्षेत्रमा घाँटी रेटिएको अवस्थामा घाइते बनेकी एक युवति फेला परेकी छन् । अचेत अवस्थामा रहेकी घाईते युवतिलाई स्थानियले सोमबार फेला पारेपछि प्रहरीको जिम्मा लगाएका छन् । अचेत अबस्थामा फेला परेकी उनलाई स्थानियले प्रहरीको सहयोगमा स्थानिय स्वास्थ्य चौकिमा उपचारका लागि पुर्याएका थिए । स्थानिय स्वास्थ्य संस्थामा थप उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि धरानको बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको हो ।घाईते अवस्थामा भेटिएकी युवती छँथर गाउँपालिका २ की ३० बर्षीया नमुना बोहोरा रहेको प्रहरीले अनुशन्धानका क्रममा खुलेको जनाएको छ ।

आईतबार राती छँथर गाउँपालिका १ डङडङेका कमल शेर्पाको घरमा युवती बोहोरा र धनकुटाको छँथर जोरपाटी गाउँपालिका ३ का ४५ बर्षिय लीलावहादुर भण्डारीसँगै बास बसेको अनुशन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक नारायण गौतमले जानकारी गराएका छन् ।प्रहरीका अनुशार सोमबार विहानै उठेर दुवै जना नजिकै रहेको धार्मिक आस्थाको मार्गा पोखरी तर्फ गएको अनुशन्धानका क्रममा खुलेको पनि प्रहरीले जानकारी गराएको छ ।अनुशन्धानका क्रममा दुवै जना विबाह गर्ने सल्लाह अनुसार मार्गा पोखरी तर्फ गएको हुन सक्ने समेत खुलेको छ ।

विवाह गर्ने मनशाय सहित मार्गा पोखरी पुगेका उनीहरुविच आपसी विवाद भएर घट्ना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीले घटनास्थल नजिक युवतीको झोला, युवकको चप्पल फेला परेको समेत जानकारी गराएको छ । प्रहरीले फेला पारेको झोलामा विवाहका लागि आवस्यक सिन्दुर पोते समेत रहेको जानकारी गराएको छ ।घाईते युवतिको अवस्था गम्भीर रहेको पनि प्रहरीले जनाएको छ । घाईते युवतिको घाँटीको अगाडीको नलीमा गहिरो चोट लागेको छ ।घाईते युवतिसँगै रहेका भण्डारी भने फरार रहेको र उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved