विरामीमाथि बलात्कारको प्रयास गर्ने भोजपुरका स्वास्थकर्मी पक्राउ

  • प्रकाशित मितिः जेठ, 3, 2075
  • पहिलो किताब संवाददाता

भोजपुर / उपचारका लागि स्वास्थ्य संस्था पुगेकी किशोरीमाथि बलात्कार प्रयास गरेको आरोपमा भोजपुरको टक्सार कोटडाँडास्थित आयुर्वेदिक औषधालयमा कार्यरत आयुर्वेदिक हेल्थ एसिसटेन्ट ३२ वर्षीय शंकर साह पक्राउ परेका छन् ।

तल्लो पेट दुखेको भन्दै सोमबार औषधालयमा उपचारका लागि पुगेकी किशोरीलाई उपचारका नाममा सर्ट तथा पाइन्ट खोल्न लगाएर यौनांगहरु खेलाएको र प्रतिवाद गर्दा कपालमा समाताएर बलात्कार प्रयास गरेको भन्दै पिडीत किशोरीले जाहेरी दिएपछि साहलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक चरित्र कार्कीले जानकारी गराएका छन् ।

पक्राउ परेपछि साहले तल्लो पेट दुखेको उपचारका लागि छाती र तल्लो पेट थिचेको दावी गरेका छन् तर युवतीले भने आफ्नो अन्डरवेयर समेत खोल्न लगाई बलात्कार प्रयास गरेको बताएकी छिन्। पक्राउ परेका साहलाई हिरासतमा राखेर जबरजस्ती करणीमा मुद्दामा कारवाहि अघि बढाईएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved