प्याडमेनलाई पाकिस्तानमा प्रतिबन्ध

  • प्रकाशित मितिः माघ, 29, 2074
  • पहिलो किताब संवाददाता

काठमाडौं/  अक्षयकुमारको फिल्म ‘प्याडम्यान’लाई पाकिस्तानमा प्रतिबन्ध लगाइएको छ । महिलाहरुको मासिक धर्म र त्यो बेलाको स्वास्थ्य सुरक्षालाई मध्यनजर गरेर निर्माण गरिएको फिल्मलाई पाकिस्तानको फेडरल सेन्सर बोर्डले प्रतिबन्ध लगाएको हो । पाकिस्तानको सभ्यता र संस्कृति विरुद्ध भएकाले फिल्ममाथि प्रतिवन्ध लगाइएको बताएको छ । 

फेब्रुअरी ९ बाट प्रदर्शनमा आएको ‘प्याडम्यान’ लाई दर्शकहरुले भारतमा अत्यन्तै रुचाइएका छन् । यो फिल्म प्रदर्शनका लागि लागि पाकिस्तानको बितरकले अनुमतिका लागि पहल गरेपनि फेडरल सेन्सर बोर्डले अस्वीकार गरेको छ ।

फेडरल सेन्सर बोर्डले यौनाङ्गसँग जोडिएको विषयमा बनाइएको फिल्म प्रदर्शनका लागि अनुमति दिन नसकिने स्पष्ट पारेको छ । आर बाल्कीको निर्देशनमा बनेको फिल्म माहिनावारी समस्यामा आधारित छ । एजेन्सी

 

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved