धरान/ पुष अन्तिम महिनाको जाडो तर त्यो साँझको जाडोलाई धरानका युवा – युवतीले निरन्तर रुपमा ९० मिनेट सम्म तताए । धरानमै पहिलो पटक मास्टरक्लास ९० मिनेट ननस्टप जुम्बा फिटनेसमा शनिबारको साँझ धराने युवा युवतीले धरानको चिसो मौसमलाई तताएका हुन । धरान फिटनेस क्लबको आयोजनामा होटल इजी राईडर्सको हलमा संपन्न भएको उक्त जुम्बामा धरानका युवाहरूले प्रत्यक्ष सहभागी भई जुम्बाको मजा लिएका थिए ।
उनीहरुलाई कार्यक्रमको विशेष आकर्षणको रुपमा रहेको काठमाडौ वाट आएका जुम्बा प्रशिक्षक जिन दिलिप स्वडले निरन्तर ९० मिनेट जुम्वा फिटनेस डान्स गराएका थिए । स्वस्थ्य र सामाजिक कार्यलाई एकसाथ जोडेर आयोजना गरिएको कार्यक्रममा करिव पाच सय जना जुम्वा क्रेजी तथा सामाजिक व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । जुम्वा एक प्रकारको डान्सिङ एक्सरसाइज हो । जुम्वा एरोविकको माध्यम वाट फिट रहन तथा स्वास्थ्यको महत्व वुझाउन पनि यस खालको ९० मिनट जुम्वाको आयोजना गरिएको आयोजक धरान फिटनेस क्लवका निर्देशक तथा प्रशिक्षक कविर भगतले बताए ।
विशेष गरेर चालिस वर्ष कटेपछि मानिसलाई रोगले च्याप्ने सम्भावना वढि हुने हुनाले कार्यक्रममा विशेष गरेर ४० वर्ष माथिकाहरुलाई समावेस गराइएकोे पनि उनले जनाए । कार्यक्रममा प्रशिक्षक रेखा गुरूङ, बबिता मगर, रोस्नि लिम्बु, प्रतिमा आले, नुमा लिम्फाङ्वा र एन्जल तामाङले पनि सहभागिलाई जुम्वा गराएका थिए । जुम्वा डान्समा महिला पुरुष दुवैले सहभागिता जनाएका थिए । सोहि कार्यक्रममा तिन दिने जुम्वा प्रशिक्षक प्रशिक्षणमा सहभागि सपना लिम्वु, मिरा धमला, युनि प्रधान, र रेखा गुरुङ गरि चार जनालाई जुम्वा प्रशिक्षक लाइसेन्स प्रमाण पत्र पनि प्रदान गरिएको थियो । जुम्वा संगै कार्यक्रमलाई सामाजिक कार्य संग जोड्नका लागि कार्यक्रम वाट उठेको तिस हजार रुपैया मजदुर पुण्य प्याकुरेलको घर निर्माण कार्यको लागि सहयोग गर्ने आयोजक क्लवका एरोविक प्रशिक्षक रेखा गुरुङले जनाए ।
धरान १५ स्थित आफन्तकोमा आश्रा लिएर वसेका पुण्य प्याकुरेल २९ महिना अघि दुर्घट्नामा परि स्पाइनल कर्ड इन्जुरीका कारण वेडमा थलिएका छन । उनको साथमा श्रीमति, ७ वर्षिय छोरी र १८ महिनाको छोरा रहेको छ । उनको घर निर्माणको लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगर कमिटि अध्यक्ष कमल भट्टराईको संयोजकत्वमा घरानका पत्रकारहरु संग मिलेर पुण्य घर निर्माण समिति वनाएर निर्माण कार्य भइरहेको छ ।
कार्यक्रममा मिस प्लस टु विजेता तथा मिस पर्सनालिटि २०१७ सिमरन तुलाधर, मिस एसइइ २०१७ निसम लिम्वु, मिस्टर हेन्डसम २०१७ सुमिन आर्चाजु, मिस लिम्वु सेकेन्ड रनरअप मनिता लिम्वु, पुर्व मिस एसएलसी हिना लिम्वु र प्रमु गुरुङलाई सम्मान गरिएको थियो । उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिकाका उपप्रमुख मञ्जु भण्डारी र कार्यक्रमका सभाध्यक्ष तथा धरान फिटनेस क्लवका अध्यक्ष राजभगत प्रधानाङ्गले खदा ओढाएर सम्मान पत्र पदान गरेका थिए ।
सो कार्यक्रममा धरान १८का वडाध्यक्ष प्रविण राई, धरान उपमहानगरपालिका पर्यटन विभाग सहसंयोजक किशोर थुलुङ, मिस्टर नेपाल वडिविल्डिङ्ग च्याम्पियन २०१७ रामवहादुर दाहाल, पुर्वाञ्चल वास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई, धरान महिला संजालकि अध्यक्ष शिला वज्रचार्य लगायत अतिथीको रुपमा उपस्थिति रहेका थिए । नव्वे मिनट जुम्वा डान्स पछि डिजे ललितले आफ्नो म्युजिकमा सहभागिहरुलाई नचाएका थिए ।
ताप्लेजुङ / हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर... ... ...
ताप्लेजुङ / संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्... ... ...
ताप्लेजुङ / संस्कृति पर्यटन तथा नागरिक उड्ययन... ... ...
ताप्लेजुङ / कर्तव्य ज्यान मुद्दामा छ वर्षदेखि फरा... ... ...
ताप्लेजुङ / ताप्लेजुङ प्रहरीले तीन राउण्ड गोलीसह... ... ...
Copyright © 2017 - Pahilopustak.com All rights reserved