इजरायलका प्रधानमन्त्री सेल्फ-आइसोलेसनमा

  • प्रकाशित मितिः चैत्र, 17, 2076
  • पहिलो किताब संवाददाता

इजरायल/ इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका सहयोगीलाई नोभेल कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री सेल्फ-आइसोलेसनमा बसेका छन् । 

प्रधानमन्त्री नेतान्याहुसँगै सहयोगी रिभका पलुचसँग सम्पर्कमा रहेका प्रधानमन्त्री कार्यालयका अन्य सदस्यहरु पनि सेल्फ-आइसोलेसनमा बसेका छन् । 

 प्रधानमन्त्री कार्यालयले आइतबार एक विज्ञप्ति जारी गर्दै नेतान्याहु र अन्य सदस्यहरु पूर्वसावधानीका लागि सेल्फ-आइसोलेसनमा बसेको बताइएको छ । 

इपिडिमियोलोजिस्टहरुले भाइरसको सम्भावित खतराबारे अनुसन्धान गरिरहेको बताएका छन् । स्वास्थ्य मन्त्रालय प्रधानमन्त्रीका निजी चिकितसकसँग सल्लाहमा रहेको र सेल्फ-आइसोलेसन कहिलेसम्म राखिने भन्‍ने निर्णय गरिने विज्ञप्तिमा जनाइएको छ । -सीएनएन 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved