मेस्सीलाई रोनाल्डोको बधाई, भान डाइकलाई फर्काए ‘अपमान’को जवाफ !

  • प्रकाशित मितिः मंसिर, 19, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी / इटालियन युभेन्टसका पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले छैटौंपटक बालोन डि‘ओर विजेता स्पेनिस बार्सिलोना तथा अर्जेन्टिनाका लिओनल मेस्सीलाई बधाई सन्देश दिएका छन् । इटालियन सिरी ‘ए’ अन्तर्गत गत सिजनका लागि सिजनको बेस्ट खेलाडीको अवार्ड थापेपछि मिडियासँग कुरा गर्दै रोनाल्डोले आफ्ना खास प्रतिस्पर्धी मेस्सीलाई बालोन डि‘ओर जितेकोमा बधाई ज्ञापन गरेका हुन् ।

दुई दिनअघि मेस्सीले फ्रान्सको पेरिसमा छैटौंपटक बालोन डि‘ओर जितेका थिए । उनले इंग्लिस क्लब लिभरपुलका डच डिफेन्डर भर्जिल भान डाइकलाई पछि पारेर कीर्तिमानी छैटौंपटक अवार्ड जित्दा रोनाल्डो भने तेस्रो मात्रै बनेका थिए ।

तर, रोनाल्डो भने अवार्ड घोषणा सभामा भाग लिए गएनन् । सोही दिन रोनाल्डोले मिलानमा सिरी ‘ए’ को बेस्ट खेलाडीको अवार्ड थापेका थिए ।

भान डाइकलाई रोनाल्डोको जवाफ !

त्यस्तै, रोनाल्डोले यसपटक अवार्डमा दोस्रो बनेका लिभरपुलका डिफेन्डर भान डाइकलाई पनि व्यंग्यात्मक जवाफ दिएका छन् । रोनाल्डोले भान डाइकलाई ‘पहिलोपटक बालोन डि‘ओर घोषणा सभामा भाग लिन गएको’ भन्दै भान डाइकलाई कडा व्यंग्य हानेका छन् । भान डाइकलाई रोनाल्डोले जवाफ फर्काएका हुन् ।

भएको के थियो भने, भान डाइक अवार्ड जित्न पेरिस गाएका बेला पाँचपटक बालोन डि‘ओर जितिसकेका रोनाल्डोको ‘मजाक’ उडाउँदै मिडियासँग प्रतिक्रिया दिएका थिए । सो कुरा निकै भाइरलसमेत भयो । अवार्ड घोषणा हुने सभामा भाग लिन पेरिस पुगेका भान डाइकसँग पत्रकारले रोनाल्डो सभामा नआएको विषयमा सोध्दा उनले ‘रोनाल्डो दाबेदार नै नभएपछि किन आउने त’ भनेर उत्तर दिएका थिए । उनले मजाक उडाउँदै–हाँस्दै भनेका थिए– ‘के तपाईंलाई लाग्छ कि, यहाँ आउन क्रिस्टियानो अवार्डका दाबेदार थिए ? ’

भान डाइकको सो भनाइको थुप्रैले आलोचना गरे । लिभरपुलकै थुप्रै फ्यानले भान डाइकले एकपटक बालोन डि‘ओर मनोनयनमा पर्दैमा धरातल बिर्सिएको र पाँचपटक सोही अवार्ड जितेका रोनाल्डोको विषयमा केटाकेटी जसरी ‘अपमानजनक’ ढंगले टिप्पणी गरेको भन्दै खरो गाली गरेका थिए ।

लिभरपुलकै फ्यानले भान डाइकको सामाजिक सन्जाल ट्वीटरमा मेन्सन गर्दै लेखेका छन्, ‘रोनाल्डो युनाइटेडमा छँदा तीन सिजन लगातार प्रिमियर लिग जित्ने खेलाडी हुन् । भान डाइक, तिमी पहिला एकपटक जितेर देखाऊ । दुई वर्षअघि च्याम्पियन्स लिगको फाइनलमा तिमी रोनाल्डोकै टिमसँग हारेको नबिर्स । तिमी आफू सम्मान चाहन्छौं भने अरूलाई पनि सम्मान देऊ । तिमी २८ वर्षमा पहिलोपटक फ्रान्स म्यागजिनको कार्यालय पुग्यौ, रोनाल्डो त्यहीं पुगेर थुप्रैपटक अवार्ड जित्ने खेलाडी हुन् । शान्त होऊ भर्जिल शान्त । तिमीले रोनाल्डो र मेस्सीको विषयमा मजाक गरेको सुहाउँदैन ।’

छिनभरमै भान डाइकको ‘मजाक’ भाइरल भएपछि रोनाल्डो पनि के कम ! इटालीबाट भान डाइकका नाममा पेचिलो व्यंग्य हानिहाले । उनले मेस्सीलाई बालोन डि‘ओर जितेकोमा न्यानो बधाई दिँदै भान डाइकलाई मजाकको जवाफ फर्काएका छन् । रोनाल्डोले भनेका छन्, ‘बालोन डि‘ओर जितेकोमा मेस्सीलाई हार्दिक बधाई । साथै, जीवनमा पहिलोपटक बालोन डि‘ओर सभामा जानेलाई पनि बधाई ।’



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved