सुनसरी / सुनसरीको बर्जु गाउँपालिका–५ का प्रदीपकुमार यादवले श्रीमतीको मंगलबार हत्या गरेका छन् । घरमा कोही नभएको मौकामा प्रदीपले श्रीमती आनन्दी यादवको हत्या गरेको स्थानीय बासिन्दा हरिनारायण यादवले बताए ।
घरायसी झगडाको बहानामा प्रदीपले श्रीमतीलाई घरको पछाडि लगेर घाँटी थिचेर हत्या गरेको स्थानीयले बताएका छन् । घरमा कोही नभएको बेला प्रदीपले श्रीमतीलाई कुटपिट गरेर गम्भीर घाइते बनाएको र उपचारका लागि विराटनगर लगेकोमा उपचारकै क्रममा आनन्दीको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए ।
हत्यामा संलग्न प्रदीप फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । हत्या गरेको भन्दै सोधपुछका लागि प्रहरीले प्रदीपका बुबा राजिन यादवलाई नियन्त्रणमा लिएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
ताप्लेजुङ / हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर... ... ...
ताप्लेजुङ / संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्... ... ...
ताप्लेजुङ / संस्कृति पर्यटन तथा नागरिक उड्ययन... ... ...
ताप्लेजुङ / कर्तव्य ज्यान मुद्दामा छ वर्षदेखि फरा... ... ...
ताप्लेजुङ / ताप्लेजुङ प्रहरीले तीन राउण्ड गोलीसह... ... ...
Copyright © 2017 - Pahilopustak.com All rights reserved