घरबेटी महिलामाथि भाडावालद्वारा बलात्कार

  • प्रकाशित मितिः श्रावण, 29, 2076
  • पहिलो किताब संवाददाता

काभ्रे / जिल्लाको पाँचखाल नगरपालिका–४ शिखरपुरमा डेरा गरी बस्ने एक युवकले घरबेटी महिलालाई बलात्कार गरेका छन् । ३१ वर्षीय सुनबहादुर लामाले घरधनी महिलालाई गत २३ जेठको राति १ बजे बलात्कार गरेको प्रहरीले जनाएको छ । उजुरीका आधारमा प्रहरीले लामालाई पक्राउ गरिसकेको छ ।

अनुसन्धानबाट लामाले ती महिलालाई पटक–पटक धम्क्याएर अन्तिमपटक २६ असारमा बलात्कार गरेको प्रहरीले जनाएको छ । ‘मेरो परिवारलाई भोज छ भनी बोलाएर खुवाइसकेपछि म सुतिरहेको अवस्थामा राति १ बजे जबर्जस्ती गर्यो, कसैलाई भने मारिदिन्छु भनेर पटक–पटक धम्क्याएर जबर्जस्ती गरिरहेपछि सहन नसकी प्रहरीकोमा उजुरी गरेँ’ ३३ वर्षीया पीडित महिलाले भनिन् ।

लामा सो घरमा २०७२ सालदेखि डेरा गरी बस्दै आएका थिए । घटनापछि पीडित महिलाले प्रहरीमा उजुरी गरेपछि लामा फरार अवस्थामा रहेका थिए । प्रहरीले सोमबार लामालाई पक्रेर मङ्गलबार जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved