लगातारको वर्षाको असर, सिंहदरवारको पर्खाल भत्कियो

  • प्रकाशित मितिः असार, 27, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं / लगातारको वर्षाले काठमाडौं स्थित सिंहदरवारको पर्खाल समेत भत्केको छ । तीनदिन देखि परेको लगातारको वर्षाले कमजोर बनाएको सिंहदरबारको अनामनगर तर्फको पर्खाल ढलेको हो । पर्खाल ढल्दा एक जना घाइते समेत भएका छन् । महानगरीय प्रहरी वृत्त सिंहदरबारले घाइतेको अवस्था सामान्य रहेको जनाएको छ ।

पर्खाल भत्किएपछि अनामनगर क्षेत्र तर्फको सडक एकतर्फि सञ्चालन भएको प्रहरीले जनाएको छ । भत्किएको पर्खाल पन्छाउने कार्य भइरहेको छ । यसअघि वर्षाका कारण आज विहान ललितपुरमा एक रुख ढल्दा महानगरीय प्रहरी प्रभाग पुल्चोकको कार्यालयमा क्षति पुगेको थियो । अविरल वर्षापछि देशभरको जनजीवन प्रभावित भएको छ । तराईका अधिकांश स्थान जलमग्न भएको छ ।

 

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved